कारोबार


दूरसञ्चारको लाइसेन्स होल्ड गर्नेप्रति निर्मम बन्ने अर्थमन्त्रीको चेतावनी (भिडियो)

दूरसञ्चारको लाइसेन्स होल्ड गर्नेप्रति निर्मम बन्ने अर्थमन्त्रीको चेतावनी (भिडियो)

नेपालखबर
फागुन २०, २०७६ मंगलबार ९:३०,

अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले दूरसञ्चार सेवाको लाइसेन्स होल्ड गरेर काम रोक्न नपाइने बताएका छन्।

नेपाल दूरसञ्चार प्राधिकरणको २२ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले लाइसेन्स होल्ड गर्नेमाथि निर्मम ढंगले कानूनी अधिकार प्रयोग गरी अगाडि बढ्न प्राधिकरणलाई निर्देशन दिए।

उनले सेवा प्रदान गर्छु भनेर लाइसेन्स लिने र कारबाही गर्न खोज्दा अदालत जाने प्रवृति राष्ट्रिय रोगको रुपमा देखा परेको बताए। उनले भने, ‘सेवा प्रदान गर्छु भनेर लाइसेन्स लिने सेवा प्रदान नगर्ने ओगटने अनि तिमीले गरेका कामहरु छिटो छरितो सम्पन्न गर भन्दा अदालत गुहार्न जाने यो कुराको पनि अव अन्त्य हुनुुपर्छ। लाइसेन्स होल्ड गर्ने कुरा अन्यत्र छ भन्ने सुनेको थिए अहिले केही दिनदेखि सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालीरहदा यहाँ पनि त्यो प्रवृति रहेछ हेर्नुस्। यो त राष्ट्रिय रोग पो भएको रहेछ, यसको पनि अव अन्त्य हुनुपर्छ। यसरी हुँदैन।’

मन्त्री खतिवडाले दुरसञ्चारको फ्रिक्वेन्सी तोक लगाएर बाँडिने गरेको र कुनै बेला टेलिफोनको तोक लगाउन आफु मन्त्रीकोमा पुगेको स्मरण गर्दै त्यो युगको अन्त्य गर्नुपर्ने बताए। उनले राज्यलाई फाइदा नहुनेगरी मुख हेरेर, दवाव हेरेर काम गरे नियामक निकायको भूमिकामा प्रश्न उठने समेत बताए। उनले अवको सेवा भ्वाइसमा भन्दा डेटामा बढी हुनुपर्ने बताए।

क्रिप्टो करेन्सी, क्राउडसोर्सिङ, इकमर्सका क्षेत्रमा डेटा महत्वपूर्ण हुने भएकाले डेटाको सेवा वृद्धि गर्न र गुणस्तरीय बनाउन ध्यान दिन आग्रह गरे। उनले प्राधिकरणको व्यवसायीक काममा मन्त्रालयले हस्तक्षेप नगर्ने तर मन्त्रालयप्रति प्राधिकरण जवाफदेही हुनुपर्ने बताए। जवाफेही बिनाको स्वायत्तता अराजकता हुने भन्दै त्यसमा सचेत भएर कम गर्न निर्देशन दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad