विश्वका प्रमुख विद्युतीय सवारी साधन निर्मातामध्ये जीएसी ग्रुप चीनको उत्कृष्ट दोस्रो ईभी ब्रान्ड र विश्वमा उत्कृष्ट तेस्रो ईभी ब्रान्डको स्थानमा पर्न सफल भएको छ।
यो उल्लेखनीय उपलब्धिले विद्युतीय सवारी साधन बजारमा जीएसी ग्रुपको सवारी साधनहरूमा हुने गुणस्तर र दिगोपनको प्रतिबद्धता झल्काउने कम्पनीको दाबी छ।
कम्पनीका अनुसार नेपालमा विद्युतीय सवारी साधनहरूको माग बढ्दै जाँदा जीएसीको आयन वाई सबैको लोकप्रिय भइरहेको छ।
चार महिनाअघि मात्र नेपालमा भित्रिएको आयन वाई छोटो समयमै नेपाली उपभोक्ताहरूको मनपर्ने सवारी साधन बनेको छ।
यो सवारी साधनमा प्रभावशाली रेन्ज , छिटो चार्ज गर्ने क्षमता र स्मार्ट फिचर्स छन्।
225
Shares

प्रतिक्रिया