बुधबार नुवाकोटको शिवपुरी ७ सूर्यचौरमा दुर्घटनामा परेको एयर डाइनेस्टी हेलिकप्टरका पाइलट अरुण मल्ल झण्डै ११ वर्षअघि पनि दुर्घटनामा परेका थिए।
२०७० असोज १० मा लुक्ला विमानस्थलमा दुर्घटनामा परेका थिए। त्यतिबेला मल्लसहित ५ जना सवार हेलिकप्टर दुर्घटनामा परे पनि बाँच्न सफल भएका थिए।
तर बुधबारको दुर्घटनामा भने उनले ज्यान जोगाउन सकेनन्। काठमाडौंबाट चिनियाँ नागरिक बोकेर रसुवाको स्याफ्रुबेसी उडेका मल्लले ज्यान गुमाएका हुन्।
मल्लसँगै अन्य ४ जना चिनियाँ यात्रुको पनि दुर्घटनामा मृत्यु भएको छ।
त्रिभुवन विमानस्थलबाट उडान भरेको ३ मिनेटमै सम्पर्कविहीन भएको मल्लले उडाएको हेलिकप्टर सूर्यचौरमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो।
यो पनि-
-
३० वर्षदेखि हेलिकप्टर उडाइरहेका थिए पाइलट मल्ल, सूर्यचौरमा अस्ताए
-
यी हुन् नुवाकोट हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउने ५ जना (नामावली)
-
यस्तो छ नुवाकोटको हेलिकप्टर दुर्घटनाग्रस्त क्षेत्र (तस्बिर)
-
एयर डाइनेस्टी दुर्घटना : उद्धारका लागि दुर्घटनास्थल पुग्यो प्रभु हेलिकप्टर
-
नुवाकोट हेलिकप्टर दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो
3.8k
Shares
प्रतिक्रिया