ad ad

ग्लोबल


थाइल्यान्डमा चुनाव जितेको पार्टी अदालतले गरिदियो विघटन

थाइल्यान्डमा चुनाव जितेको पार्टी अदालतले गरिदियो विघटन

नेपालखबर
साउन २३, २०८१ बुधबार १७:८,

थाइल्यान्डको अदालतले गत वर्षको चुनावमा सबैभन्दा बढी सिट जितेको सुधारवादी पार्टी भंग गरिदिएको छ। यसअघि सो पार्टीलाई सरकार गठन गर्न पनि दिइएको थिएन।

मुभ फरवार्ड नामक सो पार्टीका युवा नेता पिता लिम्जारोनार्त र अरु १० नेतालाई १० वर्षका लागि राजनीतिमा प्रतिबन्ध पनि लगाइएको छ।

सो पार्टीले शाही परिवारको अपमान गर्दा हुने सजायसम्बन्धी कानुन बदल्ने बताएर चुनाव जितेको थियो। तर, अदालतले जनवरीमै सो प्रतिबद्धता असंवैधानिक भएको ठहर गरेको थियो।

त्यसैले यसपालि संवैधानिक इजलासले गरेको फैसला अपेक्षित नै थियो।

अब मुभ फरवार्ड पार्टीका १४२ जना सांसद अर्को पार्टीमा जान भने सक्छन्।

२०२० मा पनि चुनावमा अचानक राम्रो प्रदर्शन गरेको फ्युचर फरवार्ड पार्टीलाई यसै गरिएको थियो। जसको विरुद्ध ठूलो प्रदर्शन भएको थियो।

राजसंस्थाको अधिकार कायम गर्न अदालतले बारम्बार यस्तो फैसला गर्दै आएको छ। 

विद्यमान कानुनअनुसार राजपरिवारको अपमान गरे ५० वर्षसम्म जेल सजाय हुनसक्छ। मुभ फरवार्ड पार्टीले त्यसलाई घटाउने बताएको थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .