नुवाकोटको सूर्यचौरमा दुर्घटनामा परेको एयर डाइनेस्टीको हेलिकप्टरमा ४ जना चिनियाँ यात्रु रहेको खुलेको छ।
नागरिक उड्ययन प्राधिकरणले यसको पुष्टि गरेको हो।
प्राधिकरणका उपमहानिर्देशक हंसराज पाण्डेले एयर डाइनेस्टीको ९एन एजेडी कलसाइनको हेलिकप्टमा चार जना चिनियाँ यात्रु रहेको नेपालखबरलाई जानकारी दिए।
उक्त हेलिकप्टर दिउँसो २ बजेदेखि त्रिभुवन विमानस्थलको टावरसँग सम्पर्क टुटेकोमा नुवाकोटको सूर्यचौरमा दुर्घटनामा परेको हो।
हेलिकप्टरमा रहेका ५ जनाको मृत्यु भइसकेको छ। मृतकमध्ये एक जना पाइलट अरुण मल्ल, चार जना चिनियाँ छन्। चार चिनियाँमध्ये एक महिला रहेकी छिन्।
1.2k
Shares

प्रतिक्रिया