निर्माणाधीन काठमाडौँ–तराई द्रुतमार्गको ३५.३८ प्रतिशत काम सकिएको छ। २०७४ वैशाख २१ गतेको मन्त्रिपरिषद् बैठकले नेपाली सेनालाई निर्माणको जिम्मा दिएको थियो।
यही द्रुतमार्गमा पर्ने धेद्रे सुरुङमार्गको सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले निजगढतर्फ जाने १७२८ मिटर लामो धेद्रे सुरुङ मार्गको ब्रेक थ्रु गरेका हुन्।
यो सुरुङ चीनको पोलि छ्याङ्दा कम्पनीले निर्माण गरिरहेको छ।
द्रूत मार्ग पहाडी भू–भागमा २५ मिटर र तराई भूभागमा २७ मिटर फराकिलो हुनेछ। द्रूतमार्गमा १० दशमलव ३०९ किमी लम्बाइको ६ वटा सुरुङ बन्ने छन्।
आयोजनाअन्तर्गत देवीचौरमा एक किमी, सिसौटारमा शून्य दशमलव ३९ किमी, चन्द्राम भीरमा दुई दशमलब २५ किमी, महादेवडाँडामा तीन दशमलब ३५५ किमी, धेद्रेमा एक दशमलब ६९१ र लेनडाँडामा एक दशमलव ६२३ किमी लामो सुरुङ निर्माण हुनेछ।
केही तस्बिरः









Shares

प्रतिक्रिया