ad ad

कारोबार


टाटाको गाडी खरिदमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सहुलियत ब्याजमा फाइनान्स सुविधा दिने

टाटाको गाडी खरिदमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सहुलियत ब्याजमा फाइनान्स सुविधा दिने

नेपालखबर
साउन १८, २०८१ शुक्रबार २१:१५, काठमाडौँ

सिप्रदी ट्रेडिङ्ग प्रा.लि. र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबीच विद्युतीय सवारी कर्जाका लागि सम्झौता भएको छ।

सम्झौता अनुसार टाटाका विद्युतीय गाडी खरिद गर्दा ग्राहकहरूले हाल कायम बैंकको बेश रेटमा अतिरिक्त १ प्रतिशत गरि कुल ८.८२ प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा प्राप्त गर्नेछन्।

अब टाटा टियागो इभी, नेक्सन इभी, टिगोर इभी र नेपालमा बहुप्रतिक्षित टाटा पञ्च इभीमा ७ वर्षसम्मका लागि यो सुविधा प्राप्त गर्न सकिनेछ।

सहज र झञ्झटरहित तरिकाले ३ कार्यदिन भित्रमा कारोबार रकमको ८० प्रतिशत सम्म फाइनान्सको सुविधा प्राप्त गर्न सकिनेछ।

टाटाका विद्युतीय गाडीहरू नेपालमा सर्वाधिक बिक्री हुने गाडीहरुको अग्रपंक्तीमा रहेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .