ad ad

कारोबार


राष्ट्रपति पौडेल जर्मनी र स्विट्जरल्यान्ड जाँदा २ करोड ४३ लाख रुपैयाँ खर्च

राष्ट्रपति पौडेल जर्मनी र स्विट्जरल्यान्ड जाँदा २ करोड ४३ लाख रुपैयाँ खर्च

नेपालखबर
साउन १७, २०८१ बिहिबार १६:३२, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्यान्ड र जर्मनीको औपचारिक भ्रमणमा जाँदा २ करोड ४३ लाख रुपैयाँ खर्च भएको छ। 

अर्थ मन्त्रालयले उक्त भ्रमणका क्रममा भएको खर्च निकासा गरेको हो।  

जेठ २९ गते राष्ट्रपति पौडेल अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औं उच्चस्तरीय सत्रमा भाग लिन जेनेभा गएका थिए।

जेनेभामा आयोजना भएको ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोसल जस्टिस) को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गरेका थिए। 

भ्रमणका क्रममा उनी जर्मनी पनि पुगेका थिए। उनी भ्रमण सकी असार ५ मा स्वदेश फर्किएका थिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .