नेकपा एमालेले सातै प्रदेशका इन्चार्जको जिम्मेवारी हेरफेर गरेको छ। बिहीबार बसेको पार्टी सचिवालय बैठकले सातवटै प्रदेशमा इन्चार्ज हेरफेरको निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए।
उनका अनुसार, कोसीको इन्चार्जमा शेरधन राई, मधेसमा लीलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई, गण्डकीमा किरण गुरुङ, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा गोरख बोगटी र सुदूरपश्चिममा लेखराज भट्ट तोकिएका छन्।
अर्याल र भट्टबाहेक अरु प्रदेश इन्चार्ज फेरिएका हुन्।
त्यस्तै, पार्टीले उपाध्यक्षमा गुरु बराल, स्थायी कमिटी सदस्यमा लीलानाथ श्रेष्ठ र मुकुन्द न्यौपानेलाई मनोनीत गरेको छ भने १७ जनालाई केन्द्रीय कमिटीमा समावेश गरेको छ।
यी हुन एमाले केन्द्रीय कमिटीमा थप भएका सदस्यहरूः
१) सुवास कर्मचार्य
२) कुन्दन कुसवाह
३) जितेन्द्र देव
४) रामपृत राम
५) कृष्णभक्त पोखरेल
६) कमलकृष्ण तिमिल्सिना
७) गोविन्द पुन
८) केदार सिग्देल
९) मनमोहन पौडेल
१०) भरदेव जोशी
११) हरि उप्रेती
१२) इन्द्र भण्डारी
१३) महेश बर्तौला
१४) सरिता भुसाल
१५) प्रभा बराल
१६) मञ्जु शर्मा चालिसे
१७) आशा जवेगु
Shares
प्रतिक्रिया