ad ad

कारोबार


रत्नपार्क क्षेत्रमा मानव साङ्लो बनाएर सहकारी पीडितको प्रदर्शन (तस्बिरहरू)

रत्नपार्क क्षेत्रमा मानव साङ्लो बनाएर सहकारी पीडितको प्रदर्शन (तस्बिरहरू)

सरोज नेपाल
साउन १७, २०८१ बिहिबार १३:३२, काठमाडौँ

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासङ्घ)ले आज काठमाडौँको रत्नपार्क तथा टुँडिखेल घेर्नेगरी मानव साङ्लो प्रदर्शन गरेको छ।

पीडितका समस्या समाधान गर्न पटक–पटक सहमति भएको भए पनि कार्यान्वयन नगरेको भन्दै पीडितहरूले बिहीबार रत्नपार्क क्षेत्रमा प्रदर्शन गरेका हुन्।

सरकारसँग भएको सम्झौता कार्यान्वयनका लागि उनीहरूले रिले अनसन गरेका थिए। उक्त अनसनको ६५ दिन पूरा हुँदा पनि सरकार संवेदनहीन भएको उनीहरूको गुनासो छ।

प्रदर्शनमा सहभागी पीडितहरूले मुखमा मास्क र कालो टेप लगाएका छन्। 

उनीहरूले सहकारीको पैसा फिर्ता गर, घरमा पैसा राख्ने ठाउँ नभएर सहकारीमा राखेको हैन, हामीसँग कर लिने, हाम्रो बचतको सुरक्षा खोइ? लगायतका नारा लेख्दै मानवसाङ्लो बनाएर प्रदर्शन गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .