ad ad

कारोबार


यी हुन् आज सबैभन्दा धेरै कमाउने लगानीकर्ता, १ वर्षयताकै सर्वाधिक मूल्य बढ्ने ८ कम्पनी

यी हुन् आज सबैभन्दा धेरै कमाउने लगानीकर्ता, १ वर्षयताकै सर्वाधिक मूल्य बढ्ने ८ कम्पनी

नेपालखबर
साउन १६, २०८१ बुधबार १६:१८, काठमाडौँ

आज धितोपत्रको दोस्रो बजारमा सकारात्मक सर्किट लाग्ने ८ वटै कम्पनीहरुको सेयर मूल्य पछिल्लो एक वर्षयताकै धेरैले बढेको छ। 

कारोबार रकमले अघिल्लो पटकको कीर्तिमान ‘ब्रेक’ गरिरहँदा सर्किट लाग्ने ८ वटै कम्पनीको मूल्य पनि एक वर्षयताकै धेरैले बढेको हो। 

आज मूल्य सबैभन्दा धेरै बढेका यी कम्पनीहरु थोरै सेयर कित्ता भएका मध्यम वित्तीय अवस्था भएका कम्पनीहरु हुन्। 

यस्ता छन् ८ कम्पनीको मूल्य वृद्धिको अवस्था 

युनाइटेड अजोड इन्स्योरेन्स 
बुधबार यो कम्पनीको सेयरमूल्य कित्तामा ६९.२ रुपैयाँले बढेर ७ सय ६१ रुपैयाँमा पुगेको छ। यो एक वर्षयताकै सबैभन्दा धेरै हो।

अघिल्लो गत वर्ष आजकै दिन यो कम्पनीको सेयर ५५६ रुपैयाँमा कारोबार भएको थियो। त्यसयता न्यूनतम ४९० रुपैयाँमा कारोबार भएको यो कम्पनीको मूल्य ५ सय माथि पुग्न सकेको थिएन।

यो एक महिनामा निरन्तर मूल्यमा वृद्धि भएको यो कम्पनीको आज ७ सय ६१ रुपैयाँमा सेयर खरिदबिक्री भएको हो। २ लाख ३९ हजार रुपैयाँको सेयर कारोबार भएको हो। मूल्य र कारोबार दुवै अहिलेसम्मकै धेरै हो। 

गोर्खाज फाइनान्स 
गोर्खाज फाइनान्सको मूल्य कित्तामा ७८ रुपैयाँले बढेर ८५८ रुपैयाँमा पुगेको छ।

एक वर्षअगाडि आजकै दिन ५३४ रुपैयाँमा कारोबार भएको यो कम्पनीको सेयर चैतमा अधिकतम ९३० रुपैयाँसम्म पुगेको थियो।

त्यसयता घटेको मूल्यले उक्त उचाइ लिन नसके पनि बुधबारको वृद्धिले मूल्य ८५८ रुपैयाँ पुगेको हो। यो दिन १ लाख ७३ हजार रुपैयाँको सेयर कारोबार भएको हो। 

श्री इन्भेष्टमेन्ट फाइनान्स
श्री इन्भेष्टमेन्ट फाइनान्सको पनि एक वर्ष यताकै सबैभन्दा धेरै मूल्यमा सेयरकारोबार भएको छ।

गत वर्ष सोही दिन ४ सय ३४ रुपैयाँमा कारोबार भएको यो कम्पनीको सेयर यो अवधिमा न्यूनतम ४१५ रुपैयाँसम्म ओर्लिएको थियो। त्यसयता ५ सय नाघ्न नसकेको मूल्यले बुधबार ६३३ रुपैयाँ  ६० पैसामा कारोबार भएको हो। 

रिलायन्स फाइनान्स 
यो कम्पनीको मूल्य पनि गत साउन देखि यताकै सबैभन्दा धेरै हो।

गत वर्ष आजकै दिन कित्तामा ३८६ रुपैयाँमा कारोबार भएकोमा एक वर्ष पछि आज कित्तामा ५७८ रुपैयाँ ६० पैसामा कारोबार भएको हो। आज ५२ रुपैयाँले मूल्य बढ्दै एक वर्ष यताकै उच्च मूल्यमा कारोबार भएको हो।

यो एक वर्षमा न्यूनतम ३६७ रुपैयाँमा ओर्लिएको यो कम्पनीको ५७८ रुपैयाँ नै अधिकतम मूल्य हो। 

दिव्येश्वरी हाइड्रोपावर 
दिव्येश्वरी हाइड्रोको आज एकै दिन कित्तामा २३ रुपैयाँ ५० पैसाले बढेर २५८ रुपैयाँ ५० पैसामा कारोबार भएको छ।

गत वर्ष २०९ रुपैयाँमा कारोबार भएकोमा यो वर्ष न्यूनतम १८७ रुपैयाँमा कारोबार भएको थियो। आज नै यो कम्पनीको अधिकतम मूल्यमा कारोबार भएको हो।

मकर जितुमाया सुरी हाइड्रो 
यो कम्पनीको सेयर मूल्य पनि एक वर्षयताकै अधिकतम हो। आज कित्तामा ४७ रुपैयाँ ३० पैसाले बढेर ५२० रुपैयाँ ५० पैसामा कारोबार भएको हो।

यो एक वर्षमा अधिकतम ४ सय २४ रुपैयाँमा कारोबार भएको पनि त्यसयता सोही रकममा कारोबार हुनसकेको थिएन। 

नेपाल रिपब्लिका मिडिया 
यो कम्पनीको सेयरमूल्यमा ४७ रुपैयाँले वृद्धि भएको छ भने ५ सय १७ रुपैयाँमा कारोबार भएको छ। यो पनि एक वर्षयताकै सबैभन्दा धेरै मूल्य हो।

एक वर्षमा न्यूनतम ३ सय ४० रुपैयाँमा कारोबार भएको थियो। 

कुथेली बुखारी हाइड्रो 
यो कम्पनीको सेयरमूल्य कित्तामै १५४ रुपैयाँले बढेर १६९४ रुपैयाँ पुगेको छ।

यसअघि जेठ २८ गते अधिकतम १७३० रुपैयाँ पुगेको यो कम्पनीको सेयरमूल्य त्यसयता घटिरहेकोमा बुधबार सर्किट लाग्दै १६९४ रुपैयाँमा पुगेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .