ad ad

कारोबार


दुई पटक सर्किट लागेपछि सम्हालियो सेयरबजार

दुई पटक सर्किट लागेपछि सम्हालियो सेयरबजार

नेपालखबर
साउन १३, २०८१ आइतबार १२:१७, काठमाडौँ

नेप्सेमा दुई पटक सकारात्मक सर्किट लागेपछि सेयरबजार सम्हालिएको छ।

मौद्रिक नीतिपछिको पहिलो कारोबारमा आइतबार १ मिनेटमा ४ प्रतिशतले बढेर पहिलो सर्किट लाग्यो भने ११ बजेर २२ मिनेटमा ५ प्रतिशतले बढेर दोस्रो पटक सर्किट लाग्यो।

नियामक निकाय नेपाल स्टक एक्स्चेन्जले बजारमा आक्रामक वृद्धि देखिए पनि लगानीकर्तालाई धैर्य गराउन पनि तीन पटकसम्म बजार बन्द गराउने गर्छ।

सेयरबजारलाई कुल बनाउनकै लागि सर्किट प्रयोगमा ल्याइन्छ। यसअनुरुप आइतबारको दुई पटकको सर्किटपछि बजार सम्हालिएको छ।

१२९ अंकको अधिकतम विन्दुमा पुगेको नेप्से थप एक प्रतिशतले बढेमा तेस्रो पटकको सर्किट लाग्दै आजका लागि कारोबार बन्द हुने थियो। तर दोस्रो पटक बजार खुलेपछि लगानीकर्ता संयमित बनेका छन्। 

यो समाचार तयार पार्दासम्म सूचक १२९ अंकको अधिकतम सूचक छोएर ८९.७५ अंकमा ओर्लिसकेको छ। अहिले २६५७.८९ अंकमा छ।कारोबार भने अहिले १ अर्ब ५२ करोड रुपैयाँमा भइरहेको छ।

अहिलेसम्म एनएमबी बैंक र नबिल बैंकको मूल्यमा सकारात्मक सर्किट लागेको छ भने कुमारी बैंक र प्रभु बैंकमा उच्च माग देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .