हङकङ आवास प्राधिकरणको युवालक्षित कार्यक्रम- उद्यमीसँग पसलको भाडा नलिने

हङकङ आवास प्राधिकरणको युवालक्षित कार्यक्रम- उद्यमीसँग पसलको भाडा नलिने

कार्यक्रमबारे अवगत गराउँदै आवास सचिव विन्नी हो (ह्यान्डआउट)


नेपालखबर
साउन १३, २०८१ आइतबार १२:२१, हङकङ

हङकङ आवास प्राधिकरणले युवा उद्यमीसँग पसलको भाडा नलिने योजना अघि सारेको छ। युवालाई उद्यममा आकर्षित गर्ने उद्देश्यले सरकारद्वारा सञ्चालित सपिङ सेन्टरका १० वटा स्टोरको भाडा नलिने गरी उपलब्ध गराउने योजना प्राधिकरणले अघि सारेको हो।

सहरको प्रमुख सार्वजनिक आवास निर्माणकर्ताले ३५ वर्ष वा सोभन्दा कम उमेरका व्यक्तिलाई अक्टोबरदेखि सात महिनासम्म १० वटा पसलमा भाडाविना आफ्नो व्यवसाय सञ्चालन गर्न दिने ‘वेल बिइङ स्टार्टअप’ कार्यक्रम ल्याएको हो।

‘योजनाले युवालाई नवीन विचारसहित उद्यमशील हुन प्रोत्साहन मिल्नेछ,’ शनिबार सार्वजनिक आवास सपिङ सेन्टरमा आयोजित कार्यक्रममा आवास सचिव विन्नी होले भनिन्, ‘सपिङ सेन्टरमा पैदल ट्राफिक बढ्नेछ, यसले बासिन्दा तथा व्यवसायी दुवैलाई फाइदा हुनेछ।’

कार्यक्रमले काउलुन र न्यु टेरिटोरिजका फरक–फरक सार्वजनिक आवास सपिङ सेन्टरमा अवस्थित १० वटा पसल प्रदान गर्नेछ।

यस योजनाको लागि बिहीबार (१ अगस्ट)देखि आवेदन खुल्नेछ। सफल आवेदकले भाडा तिर्नबाट छुट पाउनेछन्।

सञ्चालहरूलाई नवीवनता, सम्भाव्यता, बजार सम्भावना, सामाजिक लाभ, वित्त र व्यापार प्रस्ताव कार्यान्वयन गर्ने क्षमता जस्ता कारकका आधारमा स्टोर बाँडफाँट गरिनेछ।

सांसद स्कट लेउङ सार्वजनिक आवास सम्पादमा खुद्रा सुविधा बढाउनका लागि यो व्यावहारिक अवसर भएको बताउँछन्।

‘सार्वजनिक आवास सम्पदाका बासिन्दा बुढो हुँदै गएका छन् र कम मानिस मात्र सपिङ मल जान्छन्। यसले मलहरूको व्यापार बिग्रन्छ,’ प्राधिकरणको अनुदानति आवास समितिका सदस्य समेत रहेका सांसद लेउङ भन्छन्, ‘सञ्चालकहरूले नवीन विचार प्रस्ताव गरेमा यो योजनाले मलहरूमा नयाँ ग्राहकलाई आकर्षि गर्न सक्छ भन्ने मलाई विश्वास छ।’

तथ्यांकअनुसार गत वर्षको मार्चसम्म, सार्वजनिक आवासको भाडामा बस्ने २४ प्रतिशत घरपरिवारमा वृद्धवृद्धा थिए, जसमा परिवारका सबै सदस्य कम्तीमा ६० वर्ष पुगेका थिए। (एससीएमपी)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .