राष्ट्र बैंकले कर्जा विस्तारलाई १२ प्रतिशत पुर्याउने लक्ष्य राखेको छ।
गत आवमा ११.५ प्रतिशत लक्ष्य राखिए पनि ५.१ प्रतिशत मात्रै कर्जा विस्तार भएको छ।
यस्तो अवस्थामा सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेटमा अनुमान गरिएबमोजिम ६.० प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न कर्जा विस्तार बढाउने लक्ष्य राखेको राष्ट्र बैंकले जनाएको छ।
चालू आर्थिक वर्षमा राष्ट्र बैंकले तरलता व्यवस्थापन र कर्जा प्रवाहलाई उत्पादनशील क्षेत्रतर्फ प्रवाहलाई प्रोत्साहन गर्नेछ।
आर्थिक वर्ष २०८१/८२ को लागि विस्तृत मुद्राप्रदायको वृद्धिदर १२.० प्रतिशत र निजी क्षेत्रतर्फ जाने कर्जा वृद्धि दर १२.५ प्रतिशतसम्म रहने प्रक्षेपण गरिएको छ।
69
Shares

प्रतिक्रिया