नेपाल प्रहरीका दुई डीएसपीको काज सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयले काठमाडौँको महाराजगञ्ज वृत्तमा नयाँ डीएसपी खटाएको हो।
त्यहाँ कार्यरत डीएसपी अम्मर थापा यूएन शान्ति मिसनका लागि दक्षिण सुडान जाने भएपछि वृत्तको जिम्मा डीएसपी रविन्द्र पौडेलले पाएका हुन्।
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले पौडेललाई काजमा खटाउने निर्णय गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
135
Shares

प्रतिक्रिया