ad ad

कारोबार


एचसीसीएनको डिनमा चन्द्र ढकाल, आर्थिक कूटनीति प्रवर्द्धन उच्च प्राथमिकतामा

एचसीसीएनको डिनमा चन्द्र ढकाल, आर्थिक कूटनीति प्रवर्द्धन उच्च प्राथमिकतामा

नेपालखबर
साउन ९, २०८१ बुधबार १६:५४, काठमाडौँ

नेपालमा कार्यरत अवैतनिक वाणिज्यदूतहरुको संस्था अनररी कन्सुलर कर्पस नेपाल (एचसीसीएन)ले मंगलबार १७औँ वार्षिक साधारणसभा तथा चार्टर डे सम्पन्न गरेको छ। 

साधारणसभाले एचसीसीएनको डिनमा चन्द्रप्रसाद ढकाल र भाइस डिनमा भोलाविक्रम थापालाई चयन गरेको छ। हाल ६२ सदस्य रहेको यो संस्थाले हरेक वर्ष नयाँ नेतृत्व चयन गर्दै आएको छ। 

कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री आरजु राणा देउवाले एचसीसीएनले विश्वका राष्ट्रसँग कुटनीतिक सम्बन्ध विस्तार गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए। आर्थिक कूटनीतिको माध्यमबाट नेपालमा लगानी अभिवृद्धि गर्न सकिने तथा यसका लागि देशले वैदेशिक लगानीका लागि उपयुक्त वातावरण तयार गर्नुपर्ने उनको भनाइ थियो। 
 

आफ्नो स्वागतमन्तव्यमा एचसीसीएनका निवर्तमान डिन विष्णुकुमार अग्रवालले अवैतनिक वाणिज्यदूतहरुले लगानी भित्र्याउने, पर्यटनको प्रवर्धन गर्ने लगायत द्विपक्षीय सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान दिँदै आएको बताए।

नेपाली विधार्थीलाई विदेशमा अध्ययन गर्न छात्रवृत्तिदेखि विदेशी राष्ट्रबाट मानवीय तथा विकास परियोजना भित्र्याउन समेत वाणिज्यदूतहरुले भूमिका खेलेको उनको भनाइ थियो।

औपचारिक रुपमा सन् २००७ मा स्थापना भएको यो सस्थाका सदस्यले विश्वका ५ महादेशका ६२ देशलाई प्रतिनिधित्व गर्ने उहाँले जानकारी दिए। 

उनले एचसीसीएनले जेठको दोस्रो साता लुम्बिनीमा ‘समृद्धिका लागि विश्व शान्ति’ विषयको अन्तर्राष्ट्रिय कन्क्लेभको आयोजना गरेको र सो कार्यक्रममा विश्वका विभिन्न देशका १९ राजदूत तथा प्रतिनिधिहरु सहभागी रहेको बताए।

बुद्ध जन्मस्थल लुम्बिनीको प्रचारप्रसार, समृद्धिका लागि विश्व शान्तिको आवश्यकता, पर्यटन प्रवर्द्धन र नेपालमा विदेशी लगानी अभिवृद्धिमा सम्मेलनले महत्वपूर्ण योगदान गरेको उनको भनाइ थियो।
 
एचसीसीएनका नवनियुक्त डिन ढकालले एचसीसीएनले आर्थिक तथा सास्कृतिक रुपमा नेपाललाई विश्व समुदायसँग जोड्दै आएको बताए। 

उनले परराष्ट्र मन्त्रालयसँगको सहकार्यमा आर्थिक कूटनीतिमार्फत नयाँ अवसरलाई आत्मसाथ गर्न एचसीसीएन सधै तयार रहेको बताए।

नेपाल सरकारले वैदेशिक लगानी भित्र्याउने विषयसँग सम्वद्ध यसअघिका कानुन तथा नीतिहरुलाई सुधार गरेर लगानी मैत्री पारेको चर्चा गर्दै ढकालले एचसीसीएनले लगानी भित्र्याउन र देशको आर्थिक समृद्धिका लागि योगदान गर्ने बताए।  

उक्त कार्यक्रममा परराष्ट्रमन्त्री राणाले एचसीसीएनको आधिकारिक वेबसाइट सार्वजनिक गरेका थिए। वेबसाइटमा नेपालमा कार्यरत अवैतनिक वाणिज्यदूतको कार्यालयसम्बन्धी जानकारी, संस्थाले विगत र हाल गरेका गतिविधि लगायतका सूचनाहरु राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .