ad ad

कारोबार


३१६ मिटर खनियो सिद्धबाबा सुरुङ, दुवैतर्फ एक तिहाइ बढी सकियो

३१६ मिटर खनियो सिद्धबाबा सुरुङ, दुवैतर्फ एक तिहाइ बढी सकियो

सिद्धबाबा सुरुङमार्ग


नेपालखबर
साउन ७, २०८१ सोमबार १६:३३, काठमाडौँ

सिद्धबाबा सुरुङमार्ग ३१६ मिटर सुरुङ खनिएको छ। ११ सय २६ मिटर लामो सुरुङमा दुवै तर्फबाट एक तिहाइ बढी खनिएको हो। 

सुरुङमार्ग आयोजनाका अनुसार उत्तरतर्फ १४२.५२ मिटर खनिएको छ भने दक्षिणतर्फ १७४ मिटर खनिएको छ।

 सुरुङमार्गमा ३ वटा बाइपास रहेका छन्। जसमा पहिलोको ६८.३, दोस्रोको ६४.५ र तेस्रोको ६२.४ मिटर खनिएको छ। 

आयोजनाको कुल भौतिक प्रगति १५.२ प्रतिशत रहँदा वित्तीय प्रगति २३.८ प्रतिशत रहेको आयोजनाले जनाएको छ। आयोजनामा अझै सुरुङमार्गभित्रको कंक्रिट लाइनिङ सुरु गरिसकेको छैन। 

पाल्पा र रुपन्देहीको सीमामा हरेक वर्ष पहिरो जाँदा जनधनको क्षति हुने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .