ad ad

कारोबार


बढ्न थाल्यो सेयर कारोबार, साताको अन्तिम दिन १५ अर्ब बढीको किनबेच

बढ्न थाल्यो सेयर कारोबार, साताको अन्तिम दिन १५ अर्ब बढीको किनबेच

नेपालखबर
साउन ३, २०८१ बिहिबार १५:११, काठमाडौँ

नयाँ राजनीतिक सत्ता समीकरणसँगै सेयरबजारमा कारोबारको ग्राफ पनि चुलिन थालेको छ। 

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर कारोबार १५ अर्ब नाघेको छ। बुधबार ३ वर्षयताकै उच्च अर्थात् १२ अर्ब बढीको कारोबार भएको थियो। यसले बिहीबार थप उचाइ लिएको हो। 

आज नेप्से ५७.७८ अंकले बढेर २४२२.४१ विन्दुमा पुगेको छ। लामो समयपछि नेप्सेले २ हजार आसपासको विन्दु छोडेर उकालो लय लिएको हो। बिहीबारको कारोबारमा १३६ कम्पनीको सेयर मूल्य बढ्दा १०२ वटाको घटेको र दुईवटाको बुधबारकै मूल्यमा कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

बिहीबार बीमा, माइक्रोफाइनान्स, होटल र पर्यटन तथा विकास बैंकले बजारलाई उकालो लाग्न मद्दत गरे। यी समूहको सूचक बढ्दा फाइनान्सको मात्र रातो भएको छ। 

आज नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, नेपाल फाइनान्स, आँखुखोला जलविद्युत्, उपकार लघुवित्त, थ्रिस्टार हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट ब्रेक भएको छ। योसँगै लगानीकर्ताले क्रमशः १८.१०, ९०.७०, १७.९०, २०६.५० र ६०.२० रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन्। 

कम्पनीहरुको सेयर ५.७६ प्रतिशतसम्म मात्र अधिकतम घट्दा लगानीकर्ताले कम दरमा प्रतिसेयर नोक्सानी व्यहोरेका छन्। कारोबारतर्फ आज नेपाल फाइनान्सको ४२ करोडको, अपरतामाकोशीको ३८ करोड, ङादी पावरको ३० करोड, शाइन रेसुंगाको २७ करोड र कुमारी बैंकको २३ करोडको कारोबार भएको छ। 

बिहीबार ३ करोड ९६ लाख कित्ता सेयर किनबेच भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .