ad ad

कारोबार


निगमले तिर्‍यो जहाज खरिदमा लिएको ऋणको ४३ करोड किस्ता

निगमले तिर्‍यो जहाज खरिदमा लिएको ऋणको ४३ करोड किस्ता

नेपालखबर
साउन २, २०८१ बुधबार १३:१, काठमाडौँ

नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको ऋणको किस्ता भुक्तानी गरेको छ।

उक्त प्रयोजनमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वमध्ये दुई न्यारोबडी जहाजको २०८१ असार महिनाको किस्ताबापत पूरा र वाइडबडी जहाजको आंशिक गरी गत असार ३१ गते जम्मा ४३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको हो।

निगमले २०८१ असारसम्म ५ अर्ब ७९ करोड ७६ लाख ४२ हजार २४९ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको जनाएको छ।

‘साथै, विश्वव्यापी कोरोना भाइरसको कारण निगमको व्यापारमा समेत प्रतिकूल असर परेकोले सो असर रहेको अवधिको ब्याजको ब्याज, हर्जना र पेनल छुट गरी सहयोग गरिदिन एवं किस्ताको संख्या वृद्धि गरेर ऋण दायित्व भुक्तनीलाइ सहजीकरण गरिदिन समेत निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध पत्र पठाएको र यस सम्बन्धमा छलफल समेत भइरहेको छ’, निगमले भनेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .