ad ad

कारोबार


ग्वार्को फ्लाइओभर दसैँअघि सम्पन्न गर्न स्थानीयवासीको माग

ग्वार्को फ्लाइओभर दसैँअघि सम्पन्न गर्न स्थानीयवासीको माग

नेपालखबर
असार ३०, २०८१ आइतबार १७:५०, काठमाडौँ

ग्वार्को फ्लाइ ओभरमा दसैँअघि सम्पन्न गर्न स्थानीयवासीले माग गरेका छन्।

आइतबार ललितपुर बागमती प्रदेश सदस्य रामकृष्ण चित्रकारसहित स्थानीयहरूले फ्लाइ ओभर निरीक्षण गरी छिटो सम्पन्न गर्न सुझाव दिएका हुन्।

उनीहरूले निर्माणाधिन फ्लाइ ओभर निर्माणको काममा ढिलासुस्ती हुँदा स्थानीयहरूलाई समस्या भएको बताए। उनीहरूले फ्लाइ ओभर छिटो नभन्दा सर्वसाधारणले सास्ती भोग्नुपरेको बताए।

एकपटकमा एक डेढ घण्टासम्म जाम हुँदा धुवाँ धुलोका कारण छाती, फोक्सोसम्बन्धी रोग लाग्ने जस्ता समस्या बढेको समेत स्थानीयहरूको गुनासो छ।

ग्वार्को फ्लाइ ओभरमा निरीक्षणपछि सञ्चारकमीहरूसँग बोल्दै पूर्वमन्त्री चित्रकारले फ्लाइ ओभरको निर्माण कार्य ढिलासुस्ती भएको भन्दै छिटो काम सम्पन्न गर्न आग्रह गरे।

उनले निर्माण व्यवसायी र सरकारलाई पटकपटक खबरदारी गर्दै आउँदा पनि निर्माणले गति नलिएको भन्दै पुन निरीक्षणमा आएको बताए। उनले जनताको प्रतिनिधि भएपछि जनताप्रति उत्तरदायी हुनु आफ्नो कर्तव्य भएको भन्दै जनतालाई प्रत्यक्ष असर पर्ने कुरामा चुप बस्न नसक्ने बताए।

उनले आफू पटकपटक निर्माण स्थलमा उपस्थित भई गुणस्तरीय तरिकाले छिटो फ्लाइ ओभर सम्पन्न गराउन सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउँदै आएको बताए। दशैँ अगावै निर्माण सम्पन्न हुनुपर्ने उनको माग छ।

उनले आयोजना समयमा बन्न नसक्दा स्थानीयको जनजीवनमा नकारात्मक असर पारेको बताए। उनले निर्माण कार्य सरकारले समयमा भुक्तानी नदिएको र ठूला मेसिन भारतबाट ल्याउनुपर्ने भएकाले समय लागेको भन्ने आफूले पाएको बताए।

ललितपुर महानगरपालिका वडा ८ का अध्यक्ष बाबुरत्न महर्जनले आधा घण्टासम्म जाम पर्ने अवस्था रहेको बताए। उनले बालकुमारीबाट लगनखेल पुग्नको लागि १ घण्टाको समय छुट्याउनुपर्ने अवस्था सिर्जना भएको बताए। उनले सर्वसाधरणलाई परेको समस्या सामाधानको लागि तत्काल सम्पन्न हुन आवश्यक रहेको बताए।

त्यस्तै, स्थानीयवासी विष्णु बस्नेतले समयमा ग्वार्को फ्लाइ ओभरमा नबन्दा स्थानीयहरूलाई स्वास्थ्यमा समेत समस्या भएको बताए।

दैनिक लाखौं सवारी साधन आवतजावत गर्ने भएकाले आधा घण्टासम्म जाम हुने अवस्था सिर्जना भएको उनको भनाई छ। उनले समयमा निर्धाण सम्पन्न भएर स्थानीयको समस्या राज्यले गर्नु आवश्यक रहेको बताए।

२०७८ साल फागुन १२ गतेबाट शुरु भएको चार लेनको फ्लाइ ओभर निर्माणको जिम्मेवारी श्री आशिष–समानान्तर रेलिगेर जेभीले पाएको थियो। १७ करोड ६ लाख ८८ हजारको लागतमा बन्न लागेको फ्लाइ ओभरको लम्बाई ४९० मिटरको रहनेछ। ग्वार्को चोकबाट बि एण्ड बीतर्फ १३५ मिटरको र्‍याम रहनेछ भने ग्वार्को चोकबाट बालकुमारीतर्फ २८० मिटरको र्‍याम रहनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .