ad ad

कारोबार


५ प्रतिशतले बढ्यो कर्जा प्रवाह, ६८ प्रतिशतको धितो घर/जग्गा

५ प्रतिशतले बढ्यो कर्जा प्रवाह, ६८ प्रतिशतको धितो घर/जग्गा

नेपालखबर
असार २६, २०८१ बुधबार १७:१७, काठमाडौँ

चालू आवको जेठ मसान्तसम्म कर्जा प्रवाह ५.१ प्रतिशतले बढेको छ।

अघिल्लो वर्षको सोही अवधिमा १ खर्ब ५७ अर्ब ३६ करोड रुपैयाँ प्रवाह भएकोमा चालू आवमा २ खर्ब ४६ अर्ब ८० करोड रुपैयाँको कर्जा प्रवाह भएको हो। 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा कर्जा प्रवाह ५.१ प्रतिशतले बढेको उल्लेख गरेको हो ।

यस्तै वार्षिक विन्दुगत आधारमा २०८१ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ५.६ प्रतिशतले बढेको छ। 

२०८१ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.५ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.५ प्रतिशत रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६२.६ प्रतिशत र ३७.४ प्रतिशत रहेको थियो। 

यो अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ५.२ प्रतिशतले, विकास बैंकहरुको ४.३ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ६.७ प्रतिशतले बढेको छ। 

२०८१ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये १२ प्रतिशत कर्जाको लागि चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको रुपमा रहेको छ भने ६८.५ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ। 

२०८० जेठ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ११.६ प्रतिशत र ६८.० प्रतिशत रहेको थियो। 

कृषिमा कर्जा प्रवाह शून्यमा
आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.८ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ७.९ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ९.७ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १३.७ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २.८ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ५.२ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ६.५ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १९.६ प्रतिशतले, नगद प्रवाह कर्जा २३.६ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ८.० प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा १४.२ प्रतिशतलेर ट्रष्ट रिसिट (आयात) कर्जा ७.२ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ४३.४ प्रतिशतले (पछिल्लो वर्षको कर्जाको पुनरवर्गीकरणको कारणसमेत) र हायर पर्चेज कर्जा २१.२ प्रतिशतले घटेको हो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .