ad ad

कारोबार


सुनचाँदीकै मूल्य बढ्यो

सुनचाँदीकै मूल्य बढ्यो

नेपालखबर
असार २१, २०८१ शुक्रबार ११:२२, काठमाडौँ

स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। आज सुन तोलामा रु एक सयले वृद्धि भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आज प्रतितोला रु एक सयले वृद्धि भएको छ। बिहीबार प्रतितोलाको एक लाख ४४ हजार तीन सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ४४ हजार चार सय निर्धारण भएको छ।

बिहीबार प्रतितोला रु एक लाख ४३ हजार छ सयमा कारोबार भएको तेजाबी सुनको मूल्य आजका लागि रु एक लाख ४३ हजार सात सय निर्धारण भएको छ।

चाँदीको मूल्य बिहीबार प्रतितोला रु एक हजार आठ सय ६५ मा कारोबार भएकामा आजका लागि भने रु एक हजार आठ सय ७० निर्धारण भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .