एनएमबी बैंकले रोल्पाको माडीमा आफ्नो १६४ औं शाखा सञ्चालनमा ल्याएको छ। उर्जामन्त्री वर्षमान पुन र एनएमबी बैंकका अध्यक्ष पवन कुमार गोल्याणले संयुक्त रुपमा बिहीबार माडीमा बैंकको नयाँ शाखाको उद्घाटन गरे।
२४ वर्षदेखि ग्राहक सेवामा समर्पित एनएमबी बैंकले आफ्नो नविनतम् सेवा तथा सुविधाहरु द्वारा ग्रामीण तथा शहरोन्मुख क्षेत्रमा दिगो वित्तीय सेवा र विकास प्रदान गर्ने उद्देश्यका साथ यस शाखा संचालनमा ल्याएको जनाएको छ।
बैंकले हाल देशभरि छरिएर रहेका आफ्ना १६४ शाखा सञ्जाल, १३१ वटा एटीएमहरु लगायत अन्य वैकल्पिक वितरण प्रणालीे समेतको माध्यमबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।
3
Shares

प्रतिक्रिया