कारोबार


सेयरबजारमा कीर्तिमानी कारोबार, यी हुन् कमाउने र गुमाउने लगानीकर्ता

सेयरबजारमा कीर्तिमानी कारोबार, यी हुन् कमाउने र गुमाउने लगानीकर्ता

नेपालखबर
फागुन १५, २०७६ बिहिबार १०:१८,

सेयरबजारमा आज पनि हरियाली छाएको छ। साताको अन्तिम कारोबार दिन ४ अर्ब ४६ करोडको कीर्तिमानी कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

अघिल्लो दिन ४ अर्ब १५ करोडको सेयर कारोबार भएको थियो। आज सूचक ३६.०५ अंकले बढेर १६३२.१७ विन्दुमा पुगेको छ। त्यस्तै सेन्सिटिभ सूचक ११.६३ अंकले बढेर ३४७.६८ विन्दुमा पुगेको छ। कुल १ सय ८० कम्पनीको १ करोड कित्ता सेयर बिक्री भएको छ।

नेप्सेका अनुसार दिनभरिमा ३५ हजार ४ सय ६७ पटक खरिदबिक्री भएको थियो। कुल १२ समूहको कारोबार भए पनि व्यापार, होटल, ऊर्जा, फाइनान्स, निर्जीवन बीमा, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा र म्युचुअल फन्डको सूचक राताम्य भएका छन् भने वाणिज्य बैंक, विकास बैंक, उत्पादन समूहको मात्रै कारोबार सूचक बढेको छ।

धेरै कारोबार भने नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गरेको छ। आज कम्पनीले २८ करोड ९२ लाखको कारोबार गरेको हो। त्यस्तै २० करोड ५९ लाखको सेयर कारोबार गर्दै एनआईसी एसिया बैंक दोस्रो स्थानमा रहँदा एनएमबी बैंकको १५ करोड ७० लाखको, नबिल बैंकको १५ करोड ३० लाखको, शिवम् सिमेन्टको १४ करोड ८९ लाखको, प्रभु बैंकको ११ करोड ८३ लाखको, हिमालयन डिस्टिलरीको ११ करोड ५८ लाखको, ग्लोबल आईएमई बैंकको ११ करोड ५७ लाखको कारोबार भएको छ।

आज कमाइमा एभरेष्ट बैंक लिमिटेड अगाडि छ। बैंकको १० प्रतिशतले सेयर बढ्दा लगानीकर्ताले ८० रुपैयाँ प्रतिकित्ता आम्दानी गरेका छन्। त्यस्तै नेपाल एसबीआई बैंक ९.९४ प्रतिशत, हिमालयन बैंक लिमिटेड ९.९२ प्रतिशत, नबिल बैंक ९.७७ प्रतिशत र वोमी माइक्रोफाइनान्सको ९.३१ प्रतिशतले सेयर बढेको छ।

गुमाउने कम्पनीमा भने ङादी ग्रुप पावर लिमिटेड अगाडि छ। कम्पनीको ६.७१ प्रतिशतले सेयर मूल्य घटेको छ। त्यस्तै, सिनर्जी पावर डेभलपमेन्टको ६.५० प्रतिशतले, समृद्धि फाइनान्सको ६.१९ प्रतिशतले, साल्ट ट्रेडिङको ४.९९ प्रतिशतले सेयर मूल्य घटेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad