ad ad

ग्लोबल


जसको खुट्टाको धुलो लिन १२२ जनाले ज्यान गुमाए, जाहेरीमा छैन उनै ‘बाबा’को नाम

जसको खुट्टाको धुलो लिन १२२ जनाले ज्यान गुमाए, जाहेरीमा छैन उनै ‘बाबा’को नाम

नारायण साकार उर्फ ‘​​भोले बाबा’। तस्बिर : भारतीय सञ्चारमाध्यमबाट।


नेपालखबर
असार १९, २०८१ बुधबार १४:२८, काठमाडौँ

१२२ जनाको ज्यान जानेगरी भारतको हाथरसमा भएको भागदौड प्रकरणमा उत्तर प्रदेश प्रहरीले बुधबार एफआईआर दर्ता गरेको छ। 

सत्संग आयोजकविरुद्ध जाहेरी मुद्दा दर्ता गरिएको हो।

नारायण साकार उर्फ ‘​​भोले बाबा’को नाममा गत मंगलबार हाथरसमा आयोजित सत्संगमा भक्तजनबीच उनको खुट्टाको धुलो लिन प्रतिस्पर्धा हुँदा भागदौड मच्चिएको थियो।

जसमा परी अहिलेसम्म १२२ जनाको मृत्यु पुष्टि भएको छ भने अझै कैयौँ मानिस बेपत्ता भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

सो घटनाविरुद्ध दर्ता एफआईआरमा उनै भोले बाबाको नाम भने उल्लेख गरिएको छैन। एफआईआरमा प्रमुख सेवादार देवप्रकाश मधुकर र अन्य आयोजकको नाम मात्र छ। 

भारतीय न्याय संहिताको दफा १०५ (हत्या नभएको अपराधी हत्या), ११० (हत्या नभएको अपराधी हत्याको प्रयास), १२६ (२) (गलत संयम), २२३ (लोकसेवकले दिएको आदेशको अवज्ञा), २३८ अन्तर्गत (प्रमाण नष्ट गर्ने) दर्ता गरिएको छ।

योगी आदित्यनाथले बुधबार (आज) हाथरस पुगेर जिल्ला अस्पतालमा घाइतेहरूलाई भेटेका छन्। 

सत्संगको अनुमति माग्दै आयोजकले प्रशासनलाई करिब ८० हजार मानिस सत्संगमा सहभागी हुने बताएको थियो तर यहाँ आउनेको संख्या योभन्दा धेरै थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .