ad ad

कारोबार


सत्ता परिवर्तनको सूचनाले ‘एग्रेसिभ’ बनेको नेप्से १ घण्टामै संयमित

सत्ता परिवर्तनको सूचनाले ‘एग्रेसिभ’ बनेको नेप्से १ घण्टामै संयमित

नेपालखबर
असार १८, २०८१ मंगलबार १२:३१, काठमाडौँ

सत्ता परिवर्तन हुने सूचनासँगै आइतबार कारोबार खुल्नासाथ आक्रामक भएको नेप्से १ घण्टापछि संयमित बनेको छ। 

११ बजेर १ मिनेटमा ४ प्रतिशतले नेप्से बढेपछि पहिलो मिनेटमै पहिलो सर्किट लागेको थियो। यसअघि पनि विष्णु पौडेललाई सेयरबजारमैत्री मान्ने लगानीकर्ता अर्थमन्त्रीमा पौडेल आउने हल्लापछि बजार बढ्छ भन्ने मनस्थितिमा उत्साहित बन्न पुगेका थिए।

फलस्वरुप कारोबारमा आएको पहिलो १ मिनेटमा पहिलो सर्किट र त्यसपछि २० मिनेट रोकिएर ११ बजेर २१ मिनेटमा खुलेको एक मिनेटमै दोस्रो सर्किट लागेको हो। 

सत्ता परिवर्तनसहित एमाले र कांग्रेसको गठबन्धन सरकार बन्ने सहमति जुटेको खबरसँगै सेयरबजारका लगानीकर्ता उत्साहित बनेका हुन्।  

पहिलो एक घण्टामा बजारमा १०२ अंकको वृद्धि भएपछि त्यसपछि भने बजार संयमित बनेको हो। नेप्से सूचक आक्रामक रुपमा बढेमा वा घटेमा नेपाल स्टक एक्स्चेन्जले लगानीकर्तालाई संयमित बनाउनका लागि सर्किट लगाउने गर्छ।

पहिलो ४ प्रतिशतको वृद्धिमा २० मिनेट त्यसपछि ५ प्रतिशतको वृद्धिमा ४० मिनेट र त्यसपछि ६ प्रतिशतको वृद्धिमा बजार सो दिनका लागि बन्द हुने गर्छ। 

सर्किटको सिद्धान्तअनुरुप बजार रोकिने अवधिमा लगानीकर्ता संयमित बन्ने गर्छन्। आजको बजारमा पनि दोस्रो पटकको सर्किटपछि लगानीकर्ता संयमित देखिएका हुन्। १२ बजेपछि बजार संयमित बन्दै गएको हो। यद्यपि बजारले सुस्त गतिमै भए पनि नेप्से सूचक बढाइरहेको छ। 

१२ बजेर २२ मिनेट जाँदासम्म १०२  अंकबाट नेप्से सूचक ६२ अंकमा ओर्लिसकेको छ। यो समयसम्ममा नेप्सेको वृद्धि ३.१८ प्रतिशतले आइसकेको छ। ११ बजेर २१ मिनेटमा यस्तो वृद्धि ५ प्रतिशतमा थियो। 

दुई पटकको सर्किटमा सेयरमूल्य बढ्ने कम्पनीहरु त्यसपछि भने निरन्तर घट्ने क्रममा छन्।

यो पनि- 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .