ad ad

कारोबार


एनसेल, युवा परिषद् र राष्ट्र संघीय खाद्य संगठनले सुरु गरे बिरुवा रोप्ने अभियान

एनसेल, युवा परिषद् र राष्ट्र संघीय खाद्य संगठनले सुरु गरे बिरुवा रोप्ने अभियान

नेपालखबर
असार १७, २०८१ सोमबार १४:१०, नुवाकोट

‘राष्ट्रिय वृक्षरोपण दिवस २०८१को अवसरमा वातावरण संरक्षणतर्फ महत्त्वपूर्ण कदम चाल्ने उद्देश्यसहित एक युवा, एक बिरुवा अर्थात् वान युथ वान प्लान्ट अभियानको औपचारिक सुरुवात भएको हो।  

नेपाल युवा परिषद्, एनसेल र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) नेपालको संयुक्त आयोजनामा नुवाकोटको विदुर नगरपालिकाबाट यो अभियानको शुक्रबार सुरुवात गरेका हुन्। गत जेठमा विश्व वातावरण दिवसको अवसरमा एनसेल र नेपाल युवा परिषद्ले सातै प्रदेशका ७७ वटै जिल्लामा ७ हजार ७ सय रुख वृक्षरोपण गर्न एक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए। 

प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले विदुर नगरपालिकामा बिरुवा रोपेर यो अभियानको उद्घाटन गरेकी थिइन्। युवाहरुले राष्ट्रव्यापी पहलको ऐतिहासिक सुरुवात भएको र युवाहरुसँग ऊर्जा र बल भएको भन्दै उपसभामुख मगरले भनिन्, ‘यस अभियानमा सहभागी हुने युवाहरु सकारात्मक परिवर्तनको लागि शक्तिको प्रमाण हुन्। बिरुवाहरू रोपेर हामीले हाम्रो वातावरणमा मात्र योगदान दिइरहेका छैनौं, भावी पुस्ताका लागि उदाहरण पनि बन्नेछ।’ 

अभियान असार २१ गतेसम्म सञ्चालन हुनेछ। राष्ट्रिय वृक्षरोपण दिवस २०८१ को अवसरमा गरिएको अभियानअन्तर्गत देशभरका ७ हजार ७ सय युवाले हरियाली वातावरण प्रवर्द्धन र जलवायु कार्य प्रयासहरूमा योगदान गर्दै कुल ७ हजार ७ सय बिरुवा रोप्नेछन्। यसअभियानका लागि एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)को एटिन फर एटिन कार्यक्रम अन्तर्गत नेपाल युवा परिषद्सँग सहकार्य गरेको छ।   

राष्ट्रिय वृक्षरोपण दिवसको अवसरमा वातावरणको क्षेत्रमा यो उदाहरणीय सहकार्य र अभियानको सुरुवात भएको एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर प्रमुख बिशाखा लक्ष्मि खड्काले बताइन्। 

‘यसले युवाहरूको सक्रिय सहभागितामा जलवायु परिवर्तनसँग लड्न र हरेक जिल्लामा हरियाली वृद्धि, वातावरण संरक्षण र दिगो विकास लक्ष्य प्राप्तिका लागि योगदान पुर्याउने हाम्रो विश्वास रहेको छ,’ उनले भनिन्। 

कार्यक्रममा नेपाल युवा परिषदका केन्द्रीय कार्यसमिति सदस्य एवं बाग्मती प्रदेशका सयोजक नविन गिरीले यस अभियानलाई देशव्यापी रुपमा पुर्याउन सहयोग गरेकोमा एनसेल र एफएओ नेपाल,  शुभारम्भ कार्यक्रमका लागि विदुर नगरपालिकालाई कृतज्ञता व्यक्त गर्दै एक युवा एक विरुवा अभियानको सफलता नेपालभरका युवाहरूको सामूहिक प्रयासमा मात्र सम्भव हुने बताए । 

कार्यक्रमका सभापति एवं विदुर नगरपालिका वडा नं १० का वडा अध्यक्ष गणेश कुमार नेपालले महत्वपूर्ण अभियानको शुभारम्भ आफ्नो वडाबाट भएकोमा खुसी व्यक्त गरे । ऐतिहासिक शुभघाटमा युवाले रोपेका ७७ विरुवाको संरक्षणको जिम्मा समेत वडा नं १० ले लिएको छ भने भविष्यमा सो स्थानमा पार्क निर्माण गरिने योजना समेत रहेको आयोजक संस्थाहरुले जनाएका छन् ।

कार्यक्रममा नेपाल युवा परिषद, एनसेल, एफएओ नेपाल, रैथाने नेपाल, विभिन्न सङ्घसस्थाका प्रतिनिधिहरु र स्थानीय जनप्रतिनिधि उपस्थित रहेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .