ad ad

कारोबार

बेमौसमी वर्षाले चितवनमा १५ करोडको इँटा नोक्सान

नेपालखबर
फागुन १५, २०७६ बिहिबार ४:१२,

तीन दिनदेखि परेको वर्षाको कारण चितवनका इँटा उद्योगमा १५ करोड बराबरको क्षति भएको छ।

यसअघि सामान्य वर्षाका कारण आंशिक क्षति भए पनि अहिले परेको पानीका कारण सुकाइएका कांँचो इँटामा ठूलो क्षति पुगेको हो।

इँटा उद्योग संघ चितवनका अध्यक्ष नारायण सापकोटाका अनुसार यो समय इँटा बनाउनका लागि उपयुक्त समय भए पनि भारी वर्षाका कारण इँटा कामै नलाग्ने गरी क्षति भएको हो।

वास्तविक तथ्याङ्क आइनसकेको भए पनि अनुमानित १५ करोड बराबरको क्षति भएको उनले बताए।

अहिलेको वर्षाको कारण जिल्लामा रहेका इँटा उद्योग बन्द हुने अवस्थामा पुगेका उनको भनाई छ। चितवनमा १८ वटा इँटा उद्योग सञ्चालनमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .