ad ad

कारोबार


बीओके स्मार्टको टपअपमा २५ प्रतिशत नगद फिर्ता योजना

बीओके स्मार्टको टपअपमा २५ प्रतिशत नगद फिर्ता योजना

नेपालखबर
फागुन १५, २०७६ बिहिबार ५:२१,

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो २५औँ वर्ष पूरा गरेको उपलक्ष्यमा ग्राहकलाई उच्चतम लाभ दिने उद्देश्यले नगद फिर्ता योजना ल्याएको छ।

बैंकले ‘बीओके स्मार्टमार्फत नेपाल टेलिकम तथा एनसेलको प्रिपेड र पोष्टपेड मोबाइलमा टपअप गर्दा ग्राहकले कारोबार रकमको २५ प्रतिशत नगद फिर्ता पाउने योजना सार्वजनिक गरेको हो।

ग्राहकले नगद फिर्ता योजनाको सदुपयोगको लागि बिओके स्मार्टबाट गरिने पहिलो कारोबारअन्तर्गत पहिलो टपअप कारोबारमा गर्नुपर्नेछ।

बैंकले अब पाउनुहोस्, मोबाइल भुक्तानीमै आम्दानी भन्ने मूलनाराका साथ सार्वजनिक गरेको उक्त योजना सीमित अवधिको लागि मात्र भएकोले छिटै लाभ लिन ग्राहक महानुभावहरुलाई अनुरोध गरेको छ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .