ad ad

कारोबार


बुद्ध एयरले थप्यो १८औँ एटीआर जहाज

बुद्ध एयरले थप्यो १८औँ एटीआर जहाज

नेपालखबर
असार १५, २०८१ शनिबार ७:२८, काठमाडौँ

बुद्ध एयरले शुक्रबार (जुन २८) १८औँ एटीआर जहाज भित्र्याएको छ।

नयाँ आएको जहाज एटीआर–७२ हो। यससँगै एटीआर–७२ जहाजको संख्या १५ पुगेको छ।

नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पुर्‍याइई साउनदेखि उडान सेवा थालिने बुद्ध एयरले जनाएको छ। 

बुद्ध एयरले कल साइन ९एन–एएनजेड (9N-ANZ )जहाज फ्रान्सको तुलुसबाट ल्याएको हो। 

बुद्ध एयरसँग ३ वटा एटीआर–४२–३२० र १५ वटा एटीआर–७२–५०० जहाज छन्।

हवाई उडानलाई सहज र सरल बनाउने प्रतिबद्धताअनुरूप आफ्नो बेडामा नयाँ जहाज थप गरेको बुद्ध एयरको भनाइ छ। 

बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले भने, ‘सहज भाडासँगै उडान संख्या उल्लेख्य वृद्धि भएअनुरूप यात्रुहरू आफ्नो समयअनुकूल उडान भर्न सक्नेछन्।’ 

उनले थपे, ‘हामी उडान तालिकालाई बढीभन्दा बढी प्रभावकारिकाताका साथ सञ्चालन गर्नेछौँ।’ 

थपिएको जहाजबाट साउन १ देखि धनगढी तथा सुर्खेतमा थप १ उडान भर्ने योजना कम्पनीको छ। हाल धनगढी तथा सुर्खेतमा दैनिक २ उडान भइरहेको छ। थपिएको जहाजबाट अन्य गन्तव्यमा पनि उडान संख्या थप्ने योजना रहेको बुद्ध एयरले जनाएको छ। 

बुद्ध एयरले आन्तरिकतर्फ अहिले दैनिक १५० भन्दा बढी उडान गरिरहेको छ। अन्तरराष्ट्रियतर्फ काठमार्डाैँबाटट भारतको वाराणसी उडान गरिरहेको छ। यसैगरी पोखराबाट चितवन, भैरहवा तथा नेपालगन्ज उडान पनि गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .