कारोबार


महासंघको वरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेदवारी, साथमा २ पूर्वअध्यक्ष र ५ प्रदेश अध्यक्ष

महासंघको वरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेदवारी, साथमा २ पूर्वअध्यक्ष र ५ प्रदेश अध्यक्ष

नेपालखबर
फागुन १४, २०७६ बुधबार ७:३८,

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा व्यवसायी चन्द्र ढकालले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्।

आईएमई ग्रुपका अध्यक्ष तथा महासंघको हाल एसोसिएटतर्फका उपाध्यक्ष ढकालले बुधबार काठमाडौंमा उमेदवारी घोषणासभामार्फत वरिष्ठ उपाध्यक्षमा उम्मेदवारीको घोषणा गरेका हुन्।

मुलुकभरबाट आफूलाई महासंघको नेतृत्वमा आउने दबाब आइरहेकोले उम्मेदवारी दिने निर्णय गरेको ढकालले बताए।

chandra dhakal ummedwari 2

महासंघका विभिन्न कार्यक्रमका सिलसिलामा देशभर घुम्ने क्रममा व्यवसायी तथा नागरिक समाजका विभिन्न प्रतिनिधिहरुले नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा आउन आग्रह गरेकोले आफूले दाबेदारी प्रस्तुत गरेको उनको भनाइ छ।

‘उहाँहरुले मलाई नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा आउन दबाब नै दिएको महसुस गरेको छु,’ ढकालले उम्मेदवारी घोषणासभामा बोल्दै भने, ‘महासंघको आउँदै गरेको चुनावमा वरिष्ठ उपाध्यक्षको रुपमा आफ्नो उम्मेदवारी घोषणा गर्दछु।’

chandra dhakal ummedwari 4

उनको उम्मेदवारी घोषणासभामा पूर्वअध्यक्षहरू सुरज वैद्य र चण्डीराज ढकालसहित सातमध्ये पाँच जना प्रदेश अध्यक्षकाे समेत उपस्थिति थियाे।

यसअघि नै उक्त पदको लागि अर्का व्यवसायी किशोर प्रधानले पनि उम्मेदवारी घोषणा गरिसकेका छन्।

chandra dhakal ummedwari 3

महासंघको आगामी चैत २८ र २९ गते काठमाडैंमा ५४औं चुनावी साधारणसभा हुँदै छ। सोही सभाले नयाँ कार्यसमिति चयन गर्नेछ।

नयाँ बन्न लागेको कार्यसमितिको वरिष्ठ उपाध्यक्षको लागि ढकालले उम्मेदवारी घोषणा गरेका हुन्।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ। यसका कारणले पनि महासंघको वरिष्ठ उपाध्यक्ष पदमा चर्को प्रतिस्पर्धा हुने गरेको छ।

हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा आगामी कार्यसमितिको अध्यक्ष हुँदै छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad