ad ad

कारोबार


क्रसर उद्योगीको आन्दोलनप्रति निर्माण व्यवसायी महासंघको ऐक्यवद्धता

क्रसर उद्योगीको आन्दोलनप्रति निर्माण व्यवसायी महासंघको ऐक्यवद्धता

नेपालखबर
असार ७, २०८१ शुक्रबार १४:५५, काठमाडौँ

क्रसर उद्योग नवीकरणको माग राख्दै आन्दोलनमा उत्रिएका क्रसर व्यवसायीहरूको आन्दोलनलाई नेपाल निर्माण व्यवसायी महासंघले ऐक्यवद्धता जनाएको छ।

शुक्रबार माइतीघरमा पुगेर महासंघका महासचिव रोसन दाहालले क्रसर उद्योगीहरूको आन्दोलनमा महासंघको तर्फबाट एक्यवद्धता जनाएका हुन्। उनले क्रसर उद्योग बन्द हुँदा सबैभन्दा ठूलो मारमा पर्ने निमाण व्यवसायी पर्ने भन्दै सरकारले अविलम्व उनीहरूका माग सम्बोधन गर्नुपर्ने बताए।

उनले क्रसर उद्योग नभए निर्माण व्यवसायीका सम्पूर्ण काम रोकिने बताए। उनले काम गरेर खानका लागि लाइसेन्स दिने तर पछि नयाँ ऐन,कानून बनाएर हतोत्साही बनाउने काम भएको भन्दै आपत्ति जनाए।

उनले भने, ‘क्रसर उद्योग बन्द हुँदा सबैभन्दा ठूलो मारमा पर्ने निमाण व्यवसायी हो। क्रसर उद्योग नभए निर्माण व्यवसायीका सम्पूर्ण काम रोकिन्छन्। आर्थिक वर्षको अन्तिम महिना भएकाले केही समय पर्खिनुस् भनेका थियौँ। तर त्यस्तै अवस्था आज भेटेका छौँ। महासंघले ऐक्यवद्धता रहेको छ। यहाँहरूको आन्दोलन पूर्णतया सफल होस्। काम गरेर खा भनर लाइसेन्स बाँड्ने अनि लाइसेन्स बाँडेपछि अर्कै नियम, ऐन बनाउने र त्यसले पेशा व्यवसायीहरूलाई निरुत्साहित बनाउने काम गरिरहेको छ।’

क्रसर उद्योग नवीकरणको माग राख्दै आन्दोलनमा उत्रिएका क्रसर व्यवसायीहरूले गत असार १ गतेदेखि काठमाडौं लक्षित आन्दोलन गर्दै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .