ad ad

कारोबार


धितोपत्र बोर्ड अध्यक्षका लागि आज दोस्रोपटक अन्तर्वार्ता लिइँदै, तर अझै आएनन् उम्मेदवार

धितोपत्र बोर्ड अध्यक्षका लागि आज दोस्रोपटक अन्तर्वार्ता लिइँदै, तर अझै आएनन् उम्मेदवार

नेपालखबर
असार ५, २०८१ बुधबार १०:५५, काठमाडौँ

नेपाल धितोपत्र बोर्डका अध्यक्षका लागि आज (बुधबार) दोस्रोपटक अन्तर्वार्ता लिइँदै छ। 

अर्थ मन्त्रालयद्वारा गठित राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ संयोजकत्वमा रहेको सिफरिस समितिले अन्तवार्ता लिन लागेको हो।

गत आइतबार अन्तर्वार्तामा छनोट भएका दुई जना मात्रै उपस्थित भएपछि बाँकी ३ जनाका लागि मन्त्रालयले आज अन्तर्वार्ता लिने भएको हो।

धितोपत्र बोर्डका कार्यकारी अध्यक्ष मुक्तिनाथ श्रेष्ठ र व्यवसायी सन्तोष श्रेष्ठले आइतबार अन्तर्वार्ता दिएका हुन्। 

तर बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, तत्कालीन बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं र नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण बहादुर कार्कीले भने अन्तर्वार्ता दिन बाँकी छ। 

तर अन्तर्वार्ताका लागि उपस्थित हुने समय बिहान ९ बजे तोकिए पनि यो खबर लेख्दासम्म उनीहरू आइपुगेका छैनन्। 

आज अन्तर्वार्तामा एक जना मात्रै उपस्थित भए पनि छनोट समितिले नाम मन्त्रिपरिषद्‌मा सिफारिस गर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .