ad ad

कारोबार


निर्माण व्यवसायीको बाँकी भुक्तानी असार मसान्तसम्म गरिसक्ने मन्त्री महासेठको प्रतिबद्धता

निर्माण व्यवसायीको बाँकी भुक्तानी असार मसान्तसम्म गरिसक्ने मन्त्री महासेठको प्रतिबद्धता

नेपालखबर
असार ४, २०८१ मंगलबार २२:८, काठमाडौँ

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले निर्माण व्यवसायीहरूको बाँकी भुक्तानी असार मसान्तसम्म गरिसक्ने प्रतिबद्धता जनाएका छन्। 

मंगलबार काठमाडौंमा आयोजित युथ कम्युनिटी फर नेप्लिज कन्ट्रयाक्टर्सको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन्। 

मन्त्री महासेठले निर्माण व्यवसायीहरूको भुक्तानी सरकारले गर्दैन कि भनेर शंका गर्ने ठाउँ नरहेको उनको भनाइ थियो। ‘यहाँ मैले धेरै सुनेँ, पेमेन्टको बारेमा,’ उनले कार्यक्रममा भने, ‘जति प्रतिकूल स्थिति भए पनि सरकार सरकार हो। एउटा सरकारको लागि १०/२० अर्ब रुपैयाँ भनेको धेरै ठूलो कुरा होइन।’

निर्माण व्यवसायीलाई दिने भुक्तानीको सवालमा प्रधानमन्त्री, आफ्नो र अर्थमन्त्रीको एउटै मत रहेको भन्दै मन्त्री महासेठले भने, ‘म विश्वास दिलाउँछु, हामी तपाईंहरूको पेमेन्ट असार मसान्तसम्ममा गर्छौं।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .