ad ad

कारोबार


विश्व बैंकलाई अर्थमन्त्रीले भने- रोजगारी सिर्जनाका योजनामा पनि सहुलियतपूर्ण कर्जा देऊ

विश्व बैंकका वरिष्ठ प्रबन्धनिर्देशक ट्रोटसनबर्ग र अर्थमन्त्री पुनको भेट
विश्व बैंकलाई अर्थमन्त्रीले भने- रोजगारी सिर्जनाका योजनामा पनि सहुलियतपूर्ण कर्जा देऊ

नेपालखबर
असार ३, २०८१ सोमबार १७:५२, काठमाडौँ

विश्व बैंकका वरिष्ठ प्रबन्धनिर्देशक एक्सेल भान ट्रोटसनबर्गले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग भेटेका छन्। 

ट्रोटसनबर्गले सोमबार सिंहबारस्थित मन्त्रालयमा मन्त्री पुनसँग शिष्टाचार भेट गरेका हुन्।

ट्रोटसनबर्ग मंगलबारदेखि काठमाडौंमा सुरु भएर ४ दिनसम्म चल्ने विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)–२१ को तेश्रो  रिप्लेनिसमेन्ट बैठकमा सहभागी हुन नेपाल आएका हुन् ।

भेटमा ट्रोटसनबर्गसँगै विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको निसिओ र  मार्टिन रेजर तथा तथा नवनियुक्त नेपाल निर्देशक डेभिड सिस्लेनलगायत सहभागी थिए। आकिहिको  विश्व बैंकको विकास वित्त (डिएफआई)  परिचालन र  र रेजर दक्षिण एसिया हेर्ने उपाध्यक्ष हुन्। 

भेटमा मन्त्री पुनले आईडीए–२१ बैठकको आयोजना नेपालमा गर्न पाउँदा खुसी लागेको बताए। विश्व बैंक समूहका उच्च अधिकारीहरुको काठमाडौँमा हुने बैठकले नेपालको अन्तर्राष्ट्रियस्तरमा ख्याति बढ्ने बताए।

उनले बैठकका लागि नेपाललाई छनोट गरेकामा विश्व बैंक व्यवस्थापनलाई धन्यवाद दिए । बैठक भव्य रुपमा सफल पार्न नेपाल सरकारका तर्फबाट सम्पूर्ण सहयोग हुने प्रतिबद्धता उनको थियो ।

विश्व बैंकसँग नेपालको ६ दशक लामो साझेदारी रहेको चर्चा गर्दै मन्त्री पुनले नेपालको विकासमा बैंकले उदारतापूर्वक गरेको सहयोगको प्रशंसा गरे । मन्त्री पुनले पाइपलाइनमा रहेका दुई ठूला जलविद्युत आयोजना माथिल्लो अरुण र दूधकोशी निर्माणमा विश्व बैंकले देखाएको निरन्तरको चासो र प्रतिबद्धताको उनले सराहना गरे। उनले नेपाल ती दुवै आयोजना अघि बढाउन तत्पर रहेको जानकारी दिँदै उनले वित्तीय व्यवस्थापनको टुंगो  छिट्टै लाग्ने विश्वास व्यक्त गरे। 

सुशासन र संस्थागत क्षमताको सुदृढीकरण तथा आगामी सन् २०२६ भित्र नेपाललाई विकासशील मुलुक (एलसीडी)  मा स्तरोन्नति, जलवायु परिवर्तनका प्रभावसँग जुध्न र सार्वजनिक सेवा प्रवाह प्रभावकारी बनाउन तथा रोजगारी सिर्जनालगायत योजनाका लागि नेपाललाई सहुलियतपूर्ण कर्जामा जोड दिन मन्त्री पुनले आग्रह गरे।

उनले २१औं आइडीए बैठकमार्फत विश्व बैंकले  वित्तट्ठय सहयोगलाई  मात्र नभई ज्ञान र नवप्रवर्तनका क्षेत्रलाई समेत प्राथमिकतामा राख्न अनुरोध गरे । फरक प्रसंगमा मन्त्री पुनले नेपालको अर्थतन्त्रको आकार सानो नभई मध्यमस्तरको भएको उल्लेख गरे । 

जवाफमा विश्व बैंकका प्रबन्धनिर्देशक  ट्रोटसनबर्गले आईडीए–२१ को तेश्रो रिप्लेनिसमेन्ट बैठक आयोजना गरेकामा नेपाललाई बधाई र धन्यवाद दिए। 

नेपाल र विश्व बैंकबीच लामो साझेदारी रहेको चर्चा गर्दै उनले नेपाललाई बैंकले सधैं उच्च प्राथमिकतामा राखेको बताए । आगामी दिनमा समेत सहकार्य थप मजबुत भएर जाने उनको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .