ad ad

कारोबार


काठमाडौँका अधिकांश पेट्रोल पम्प बन्द, सेना र प्रहरीका पम्पमा सवारी साधनको लाम

काठमाडौँका अधिकांश पेट्रोल पम्प बन्द, सेना र प्रहरीका पम्पमा सवारी साधनको लाम

सरोज बैजु
असार ३, २०८१ सोमबार ११:१९, काठमाडौँ

नेपाल पेट्रोलियम ट्यांकर चालक संघले विभिन्न सात बुँदे माग राख्दै पेट्रोलियम पदार्थको ढुवानीमा हड्ताल गरेपछि काठमाडौँ उपत्यकाका पेट्रोल पम्पहरुमा सवारी साधनको लामो लाइन देखिएको छ। 

पेट्रोलियम मजदुरले गरेको आन्दोलनको कारण काठमाडौँका धेरैजसाे पेट्रोल पम्प आज बन्द छन्। ज्याला बढाउन माग गर्दै पेट्रोलियम ट्यांकर चालक संघले आन्दोलन गरेकाे हाे।

आइतबार आयल निगमसँग भएको वार्ता विफल भएपछि उनीहरु काम बन्द गरेर आन्दाेलनमा उत्रिएका छन्।

मजदुरको ज्याला वृद्धिको माग पेट्रोल पम्प र ढुवानी व्यवसायीले सम्बोधन गर्नुपर्ने विषय भएको आयल निगमले जनाएको छ। 

निजी पेट्रोलपम्पहरु बन्द हुँदा नेपाल प्रहरी र नेपाली सेनाले सञ्चालन गरेका पेट्रोल पम्पहरुमा आज बिहानैदेखि डिजल र पेट्रोल भर्न सवारी साधनको लामाे लाइन लागेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .