खेल


खेलकुदमन्त्री श्रेष्ठले गरे फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान निरीक्षण, डीपीआर प्रक्रियामा

खेलकुदमन्त्री श्रेष्ठले गरे फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान निरीक्षण, डीपीआर प्रक्रियामा

नेपालखबर
जेठ २९, २०८१ मंगलबार १९:४१, काठमाडौँ

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले कैलालीको धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेल ग्रामको निरीक्षण गरेका छन्।

फाप्ला विकास समितिका अध्यक्ष सुबाश शाहीले डीपीआर र ईआईए लगायतका विषयमा जानकारी गराए। शाहीले डीपीआर अहिले प्रक्रियामा रहेको र तीन महिनामा तयार हुने पनि बताए।

उनले दुईवर्ष अगाडि मात्र ४१ बिगा जग्गा फाप्ला विकास समितिको मातहतमा आएको पनि जानकारी दिए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा फाप्ला क्रिकेट स्टेडियम निर्माणमा भारत सरकारले सहयोग गर्ने सहमति भएको थियो।

डीपीआर तयार भए लगतै फाप्ला विकास समितिले परराष्ट्र मन्त्रालय मार्फत डीपीआर लगायतका विवरण भारत पठाउने तयारी गरेको छ। युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत फाप्ला विकास समिति रहेको छ।

निरीक्षण लगतै फाप्ला खेलकुद विकास समितिको बोर्ड बैठक बसेको थियो। जहाँ अहिलेसम्मको प्रगति विवरण प्रस्तुत गरियो। मन्त्री श्रेष्ठले प्रगतिको जानकारी लिई डीपीआर र ईआईएको काम समयमा नै पुरा गर्न निर्देशन दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad