कारोबार


विदेशी पर्यटक भित्र्याउन ‘इको–हिल स्टेसन’ बनाउने

विदेशी पर्यटक भित्र्याउन ‘इको–हिल स्टेसन’ बनाउने

नेपालखबर
जेठ २५, २०८१ शुक्रबार १२:६, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हित बहादुर तामाङले धेरै पर्यटक भित्र्याउन नयाँ गन्तव्य खोज्ने कार्य भइरहेको बताएका छन्।

काठमाडौँमा प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको ४५औँ वार्षिक साधारणलाई सम्बोधन गर्दै मन्त्री तामाङले अहिले बाह्य पर्यटक भित्र्याउने लक्ष्यका साथ इकोहिल स्टेसनको नयाँ अवधारणा अघि बढाइएको बताए ।

इकोहिल स्टेसनका लागि पूवाधार बनाउन सरकारको दायित्व रहेको र यसमा लगानी गर्ने अवसर निजी उद्यमी व्यवसायीहरुलाई अवसर पाप्त हुने मन्त्री तामाङको भनाइ छ। 

५०औँ वर्षदेखि विश्व पर्यटन बजारमा उस्तै पर्यटकीय उपजहरु बजारमा रहेको भन्दै मन्त्री तामाङले अब केही नवीन उपजहरु लिएर विश्व बजारमा नेपाल पुग्नुपर्ने धारणा राखे। 

नेपाल पर्यटन क्षेत्रमा अथाह सम्भावना र उत्कृष्ट गन्तव्य रहे पनि हवाइ र भूमार्ग सहज नहुनु, नेपाल आएका विदेशी पाहुनाको यहाँको आन्तरिक यातायात पनि कठिन र असहज देखिनु, साथै पर्यटकीय गन्तव्य पनि पचासौँ वर्षदेखि निश्चित ठाँउ मात्र रहेको र नयाँ गन्तव्य खोजी हुन नसक्नुले अपेक्षाकृत यो क्षेत्रमा सफलता पाउन नसकिएको उनको भनाइ छ। 

यी चुनौतीहरु समाधान गर्न मन्त्रालयका तर्फबाट नीति निर्माण, बजेट व्यवस्थापन गर्ने कार्यमा मन्त्रालय लागिरहेको उनले जानकारी दिए । 

भिसा, अध्यागमन, विनास्थल र नाकाहरु चुस्त दुरुस्त बनाई पर्यटक मैत्री बनाउनु पर्ने , पर्यटन विधेयक अघि बढिरहेको, पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान बढाउने, युरोपेली आकाशमा नेपाली जहाजहरुमाथिको प्रतिबन्ध हटाउन सरकार लागिरहेको मन्त्री तामाङले बताए। 

रारा ताल, तिलिचो ताल, से फोक्सुण्डो तालसहित हिमाल, पहाड तराईका नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माणमा सरकार लागिपरेको उनले बताए। 

अब पर्यटन बोर्डको पदपूर्ति गरेर खास गरी भारत र चीनमा पर्यटनको प्रवर्द्धन अघि बढाउने योजना सुनाउँदै मन्त्री तामाङले अब नेपाल वायुसेवा निगमको पनि जहाज थपेर आन्तरिक एवं बाह्य उडानहरु बढाउन लागिपरेको उनले बताए। 
 
उनले निजी क्षेत्रसँग सहकार्य गरेर इको हिल स्टेसन सञ्चालन गर्न सरकारले तयारी गरिरहेको बताउँदै गर्मी छल्न विशेष गरी नेपालका तराईका बासिन्दा र भारतीय पर्यटकका लागि आफ्नो रोजाइअनुसारको मज्जा लिएर रमाउन सकिने धारणा राखे। 
  
बिहीबार भएको सभाले खेमराज लखाईको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad