कारोबार


नेपाल र नेदरल्यान्डको खेलअघि डिशहोम फाइबरनेटले ल्यायो यस्तो अफर

२४ महिने रिचार्जमा अर्को १२ महिना निःशुल्क
नेपाल र नेदरल्यान्डको खेलअघि डिशहोम फाइबरनेटले ल्यायो यस्तो अफर

नेपालखबर
जेठ २२, २०८१ मंगलबार १७:३८, काठमाडौँ

जारी आईसीसी पुरुष टी२० विश्वकपमा नेपालले ग्रुप स्टेज अन्तर्गत आज मंगलबार राति ०९ः१५ बजे नेदरल्यान्डसँग आफ्नो पहिलो खेल खेल्दै छ।

यी दुई टिमबीचको खेलको खुसीयालीमा डिशहोम फाइबरनेटले २४ महिनाको रिचार्ज गर्दा अतिरिक्त १२ महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर ल्याएको जनाएको छ।

डिशहोमले आज दिउँसो ०३ः१५ बजे ‘लेख्नेछौ नयाँ इतिहास’ शीर्षकमा २४ महिनाको रिचार्ज गर्दा अर्को १२ महिनाको सब्सक्रिप्सन निःशुल्क गर्ने जनाएको हो। यो अफर आज राति ११ः५९ बजे सम्मका लागि मात्र लागू रहेको डिशहोम फाइबरनेटले जनाएको छ।

यो अफर लिनको लागि ग्राहकहरूले २०० एमबीपीयस र सो भन्दा माथिका प्याकेजहरु २४ महिनाको लागि रिचार्ज गरेको हुनु पर्ने छ। रिचार्ज गर्नको लागि आफू नजिकै रहेको डिशहोमको डिलर दाइ कहाँ गई बिना कुनै झन्झट सजिलै रिचार्ज गरी यस् गज्जबको अफरको फाइदा उठाउन सक्नेछन्। साथै अनलाइन पेमेन्ट वालेटहरू मार्फत पनि रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ।

थप जानकारीको लागि डिशहोम फाइबरनेटको ग्राहक सेवा केन्द्र ९८०१५४४००० मा सम्पर्क गर्न सकिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad