ad ad

ग्लोबल


रायबरेलीमा विशाल जिततर्फ राहुल गान्धी, मतान्तरमा आमालाई पनि उछिने

रायबरेलीमा विशाल जिततर्फ राहुल गान्धी, मतान्तरमा आमालाई पनि उछिने

नेपालखबर
जेठ २२, २०८१ मंगलबार १५:५६,

उत्तर प्रदेशको रायबरेली सिटबाट कंग्रेस नेता राहुल गान्धी विशाल मतान्तरसहितको जिततर्फ लम्किएका छन्।

उनी भाजपाका दिनेश प्रताप सिंहभन्दा ३ लाख मतले अगाडि छन्।

मतान्तरमा उनले आफ्नी आमा सोनिया गान्धीलाई पनि उछिनेका छन्। २००४ देखि यो सिटमा चुनाव लड्दै आएकी  सोनिया अघिल्लो चुनावमा १ लाख ६७ हजार मतान्तरले विजयी भएकी थिइन्।

हाल उनी राज्यसभामा निर्वाचित भएकी छन्। राहुल भने अघिल्लो पालि पराजित भएको अमेठीबाट यहाँ सरेका हुन्।

केरलाको वायनाडमा पनि उनी अगाडि छन्।

प्रधानमन्त्री नरेन्द्र मोदी भने वराणासी सिटमा एक लाख ४० हजार मतले अगाडि छन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .