ad ad

कारोबार


नयाँ बसपार्क चौबिसै घण्टा सञ्चालन गर्ने तयारी

नयाँ बसपार्क चौबिसै घण्टा सञ्चालन गर्ने तयारी

नेपालखबर
जेठ २१, २०८१ सोमबार २१:११, काठमाडौँ

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त रजौरेले सुरक्षा अवस्था हेरर नयाँ बसपार्कलाई २४ सै घण्टा सञ्चालन गर्ने बताएका छन्।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र गोँगबुले आज यहाँ आयोजना गरेको ‘लागुऔषध नियन्त्रण तथा शान्ति सुरक्षा’ सम्बन्धी अन्तरक्रियामा उहाँले ठमेल र दरबारमार्गको सुरक्षा अवस्था हेरेर नयाँ बसपार्कलाई २४ सै घण्टा सञ्चालन गरिने बताएका हुन्।

‘नयाँबसपार्क देशभरका यात्रु आवतजावत गर्ने थलो हो, यहाँको शान्ति सुरक्षालाई काठमाडौँ प्रहरीले पहिलो प्राथमिकतामा राखेर सुरक्षा योजना बनाइ लागू गरेको छ’, उनले भने।

प्रमुख रजौरेले सानै उमेरदेखि आफ्ना बालबालिकालाई अपराधबाट टाढा राख्नुपर्ने बताए। उनले व्यवसायीले दुःख गरेर कमाएको पैसाप्रति गिद्धे नजर लगाउने प्रहरीलाई कारबाही गर्ने स्पष्ट पारे। समुदायको साथबिना प्रहरीले काम गर्न नसक्ने उनको भनाइ थियो।

काठमाडौँ महानगरपालिका(२६ का वडाध्यक्ष ख्यामराज तिवारीले सबै व्यक्ति इमान्दार भएर अगाडि बढे नयाँबसपार्क क्षेत्रभित्र देखिएको समस्या समाधान हुने बताए। जिल्ला होटल व्यवसायी सङ्घका अध्यक्ष शैलेश कार्कीले लागुऔषध नियन्त्रणका लागि परिवारबाटै अभियान सञ्चालन गर्न जरुरी रहेको बताए।

मित्रनगर विकास तथा टोल सुधार समितिकी अध्यक्ष गङ्गा पन्तले सबैको हातेमालोबाट मात्र नयाँ बसपार्क क्षेत्रको समस्या समाधान हुने भएकाले एकजुट भएर अगाडि बढ्न सबैलाई आग्रह गरे।

प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) अम्बरबहादुर थापा क्षेत्रीले नयाँ बसपार्क क्षेत्रको शान्ति सुरक्षालाई मजबुद बनाउँदै यहाँभित्रका विकृति विसङ्गतिको अन्त्यका लागि प्रहरीलाई स्थानीयवासीले साथ दिन आग्रह गरे।

अन्तरक्रियामा विभिन्न सङ्घ संस्थाका अध्यक्ष, पदाधिकारी तथा विद्यालयका विद्यार्थीले लागूऔषध दुर्व्यसनी नियन्त्रणका लागि हातेमालो गरेर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .