ad ad

कारोबार


१५ कम्पनीको सेयरबाट सरकारले कमायो ३ गुणा बढी नाफा, १०३ वटाको शून्य

१५ कम्पनीको सेयरबाट सरकारले कमायो ३ गुणा बढी नाफा, १०३ वटाको शून्य

नेपालखबर
जेठ १७, २०८१ बिहिबार १२:१२, काठमाडौँ

सरकारले कम्पनीहरुमा गरेको सेयर लगानीबाट ३ गुणा बढी नाफा कमाएको छ। 

आर्थिक वर्ष २०७९/८० मा १६ अर्ब २५ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको हो। 

महालेखा परीक्षकको ६१औँ प्रतिवेदनले अघिल्लो वर्षको तुलनामा अघिल्लो आर्थिक वर्षको नाफामा ३.८४ गुणा बढी भएको उल्लेख गरेको छ। सरकारले लगानी गरेका कम्पनीहरुमध्ये १५ कम्पनीको नाफा बढेको प्रतिवेदनमा उल्लेख छ। 

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार नेपाल सरकारले १ सय १८ संस्थान र अन्तर्राष्टिय संस्थामा ३ खर्ब ६ अर्ब ७ करोड २ लाख रुपैयाँ सेयर खरिदमा लगानी गरेको थियो। जसमा ११ वटा संस्थाबाट नगद लाभांशमार्फत २७ अर्ब ३८ करोड ७ लाख रुपैयाँ प्राप्त गरेको हो।

समग्रमा सरकारले एक वर्षमा १६ अर्बबराबरको नाफा सेयरबाट गरेको देखिन्छ। अघिल्लो आर्थिक वर्षको तुलनामा नाफा बढे पनि लगानीअनुसारको प्रतिफल भने सरकारले उठाउनसकेको छैन। 

११८ संस्थामध्ये १ सय ३ संस्थामा गरेको सेयर लगानीबाट सरकारले उक्त वर्ष नाफा लिन सकेको छैन। २ खर्ब ४९ अर्ब ५३ करोड ७७ लाख रुपैयाँबराबरको सेयरबाट सरकारले शून्य नाफा गरेको छ। 

अघिल्लो वर्ष सरकारले ३ खर्ब ५७ अर्ब ६३ करोड ८९ लाख रुपैयाँ लगानीबाट जम्मा ४ अर्ब २४ करोड ३७ लाख रुपैयाँमात्रै नाफा कमाएको थियो। ११४ कम्पनीमा गरेको लगानीमध्ये सरकारले ९ कम्पनीबाट मात्र प्रतिफल पाएको हो। बाँकी १ सय ५ वटा कम्पनीमा सरकारले गरेको लगानीमा शून्य प्रतिफलमा थियो। 

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष सरकारले सेयर लगानीबाट २३ अर्ब १३ करोड ७० लाख रुपैयाँ धेरै नाफा कमाउन सफल भएको छ। नाफामा ३ गुणाले वृद्धि भए पनि सरकारले गएको १० वर्षदेखि लगानीबाट पर्याप्त प्रतिफल पाउन सकेको छैन। 

सार्वजनिक संस्थान तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुमा सरकारले लगानी गर्दै आएको छ। सरकारले अघिल्लो वर्ष ११४ वटा संस्थामा लगानी गरेकोमा गत वर्ष लगानीलाई बढाउँदै ११८ वटा कम्पनीमा सेयर स्वामित्व खरिद गरेको थियो। 

तर सरकारले सेयर खरिद गरेका अधिकांश कम्पनी नोक्सानमा रहँदा सेयरबाट सीमित कम्पनीबाट मात्रै अपेक्षित नाफा कमाएको हो। अघिल्लो वर्ष १०५ वटाबाट शून्य प्रतिफल पाएको सरकारले गत आर्थिक वर्षमा पनि १०३ वटा कम्पनीबाट प्रतिफल पाउन नसकेको हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .