ad ad

कारोबार


बिजुली गाडीमा कर बढ्यो, अब मूल्य पनि बढ्ने

बिजुली गाडीमा कर बढ्यो, अब मूल्य पनि बढ्ने

नेपालखबर
जेठ १५, २०८१ मंगलबार २०:०, काठमाडौँ

सरकारले सबै विद्युतीय गाडीमा कर बढाएको छ। ५० किलोवाटसम्मका इन्ट्रिलेभलका कारमा भन्सार र अन्तशुल्क ५–५ प्रतिशत बढेको हो।  

आर्थिक विधेयक मार्फत बढी किलोवाटका गाडीमा अन्तशुल्क घटाएर भन्सार महशुल बढाइएको छ।  

आर्थिक विधेयक अनुसार सरकारले हाल मोटर पिकपावर ५० किलोवाटसम्म १० प्रतिशत भन्सार महशुल रहेकोमा अन्तशुल्क ५ प्रतिशत थप गरेको छ भने १० प्रतिशत रहेको भन्सार महशुल १५ प्रतिशत पुर्‍याएको छ।

मोटर पावरको ५० देखि १०० किलोवाटसम्म १५ प्रतिशत भन्सार र १० प्रतिशत अन्त शुल्क लाग्दै आएको छ। अन्त शुल्क १० बाट बढाएर १५ प्रतिशत पुर्‍याइएको छ। भन्सार १५ प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्‍याइएको छ।  नेपालमा हाल सबैभन्दा बढी यहि सेगमेन्टमा आयात हुँदै आएका छन्।  

१०० किलोवाट देखि २०० किलोवाटसम्मका चारपांग्रे निजी गाडीमा २० प्रतिशत भन्सार महशुल र २० प्रतिशत अन्तशुल्क लाग्छ। अन्तशुल्कको व्यवस्था यथावत रहेको छ। भन्सर भने ३० प्रतिशत पुर्‍याइएको छ।

२०० देखि ३०० किलोवासम्मका बिजुली गाडीमा ४० प्रतिशत भन्सार र ४५ प्रतिशत अन्तशुल्क लाग्ने व्यवस्था रहेको छ। अहिले अन्तशुल्क ३५ प्रतिशतमा सिमित गरिएको छ। भन्सार ४० प्रतिशतबाट ६० प्रतिशत पुर्‍याइएको छ।

३०० किलोवाट माथीका गाडीमा ६० प्रतिशत भन्सार र ६० प्रतिशत अन्तशुल्क लाग्ने व्यवस्था रहेको छ। अहिले अन्त शुल्क ५० प्रतिशतमा झरेको छ भने भन्सार महशुल भने ८० प्रतिशत पुर्‍याइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .