ad ad

कारोबार


३ हजार ४ सय ९६ घरपरिवारले अतिक्रमण गरेका छन् उपत्यकाका नदी किनार

३ हजार ४ सय ९६ घरपरिवारले अतिक्रमण गरेका छन् उपत्यकाका नदी किनार

नेपालखबर
जेठ १४, २०८१ सोमबार १५:३८, काठमाडौँ

काठमाडौं उपत्यकाका नदी किनारामा अतिक्रमण न्यूनीकरण गर्ने महानगरको योजना पूरा हुनसकेको छैन। 

नदी किनारका बस्ती खाली गराउने काम भएपछि अझै ३ हजार ४ सय ९६ घरपरिवारले नदी किनार अतिक्रमण गरिरहेका छन्। 

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१औँ प्रतिवेदनले उपत्यकाभित्रका नदी किनारमा अव्यवस्थित बसोबास गर्दा तटबन्धलगायतका काममा समस्या देखिएको औँल्याएको हो। 

‘बागमती नदीको सिनामंगल, थपाथली एवं अन्य सहायक नदीको आसपासमा जग्गा अतिक्रमण हुँदा करिडोर तथा तटबन्ध निर्माण कार्य अगाडि बढ्न सकेको छैन’, प्रतिवेदनमा भनिएको छ। 

यस्तै बागमती सभ्यता तथा नदी किनारा समेतको उचित संरक्षण र विकासका लागि नदीको दायाँ,बायाँ, ढल र करिडोर सडक तथा किनारामा सौन्दर्यीकरणका लागि पार्क निर्माण, सार्वजनिक जग्गा संरक्षण, तटबन्ध निर्माण र सरसफाइ लगायतका कार्यको जिम्मेवारी पाएको बागमती सभ्यता एकीकृत विकास समितिको कार्यमा प्रभावकारी नभएको प्रतिवेदनले उल्लेख गरेको हो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .