कारोबार


किमाथाङ्कासहित चीनसँग जोडिएका ७ वटा परम्परागत नाकाहरू चार वर्षपछि पुनः सञ्चालनमा

किमाथाङ्कासहित चीनसँग जोडिएका ७ वटा परम्परागत नाकाहरू चार वर्षपछि पुनः सञ्चालनमा

नेपालखबर
जेठ १२, २०८१ शनिबार १६:३, काठमाडौँ

संखुवासभास्थित किमाथाङ्कासहित चीनसँग जोडिएका ७ वटा परसम्परागत नाका पुनः सञ्चालनमा आएको छ। नेपाल र चीनका उच्च राजनीतिक नेतृत्वबीचको वार्ता, संवाद र सहमतिबाट करिब चार वर्षपछि नाकाहरू पुनः सञ्चालनमा आएको हो।

नेपाल र चीनबीच रहेका १४ मध्ये ७ वटा नाका आजबाट सञ्चालनमा आएको र बाँकी ७ वटा नाका मौसमले अनुमति पाएपछि छिट्टै खुल्ने नेपालका लागि चिनियाँ राजदूत चिनियाँ राजदूत चेन सोङले जानकारी गराएका छन्। 

चीन सरकारले कोभिड महामारीका कारण देखाउँदै किमाथाङका नाका बन्द गरेको थियो।

नाका पुनः सञ्चालन घोषणा कार्यक्रममा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डल शनिबार किमाथाङ्का नाका पुगेको थियो।

साथै, राजदूत सोङले सीमापार व्यापारलाई यो कदमले बढवा दिने सामाजिक सञ्जालमार्फत खुसी बाँड्दै लेखेका छन्। 

‘यसले सीमापार व्यापारलाई निकै बढावा दिनेछ र स्थानीय बासिन्दाको जीविकोपार्जनमा सुधार ल्याउनेछ,’ उनले भनेका छन्।

कोरोना महामारी देखिएपछि चीन सरकारले २०७६ माघ ५ गतेदेखि किमाथाङ्का नाका पूर्णरुपमा बन्द गरेको थियो। नाका बन्द भएसँगै सीमावर्ती क्षेत्रसँग जोडिएको भोटखोलाका स्थानीयको जनजीवन कष्टकर हुँदै आएका थिए।

भोटखोला गाउँपालिकाका अधिकांश जनता खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुका लागि सीमावर्ती चिनियाँ बजारमा निर्भर हुँदै आएका थिए। 

कोरोना महामारीका बेला नाका बन्द भएसँगै सीमावर्ती वासिन्दाले चरन सुविधा पनि गुमाएका थिए।

किमाथाङ्का नाकासँग नेपालको भोटखोला गाउँपालिका जोडिएको छ। भोटखोला गाउँपालिकाका वडा नं १, २ र ३ ले उत्तरी छिमेकी चीनको भूभाग छोएका छन्। भोटखोला क्षेत्रमा करिब पाँच हजारको बसोबास रहेको अनुमान छ।

भोटखेला क्षेत्रमा आलु र कोदो मात्र उत्पादन हुँदै आएको छ। स्थानीय उत्पादनले मुस्किलले दुईरतीन महिनाको मात्र माग धान्ने स्थानीयको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad