समाज


एकै सिजनमा तेस्रो पटक सगरमाथा आरोहण गरेर पूर्णिमाले बनाइन् विश्व रेकर्ड

एकै सिजनमा तेस्रो पटक सगरमाथा आरोहण गरेर पूर्णिमाले बनाइन् विश्व रेकर्ड

नेपालखबर
जेठ १२, २०८१ शनिबार १६:२८, काठमाडौँ

फोटो पत्रकारसमेत रहेकी हिमाल आरोही पूर्णीमा श्रेष्ठले एकै सिजनमा तीनपटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाएकी छिन्। 

‘एट–के’ एक्सपेडिसनका लाक्पा शेर्पाका अनुसार, शनिबार बिहान ५ः५० बजे उनले सगरमाथाको सफल आरोहण गरेकी हुन्। यो उनले यही सिजनमा गरेको तेस्रो आरोहण हो। एकै सिजनमा तीनपटकसम्म सगरमाथा आरोहण गर्ने उनी पहिलो महिला समेत बनेकी छिन्। 

तर उनले सगरमाथा आरोहण भने चौथोपटक गरेकी हुन्। 

लाक्पाका अनुसार, यसअघि उनले यही सिजनको मे–१२ र दोस्रोपटक मे–१९मा सगरमाथाको सफल आरोहण गरेकी थिइन्। 

श्रेष्ठले सन् २०१८ मा पहिलोपटक सगरमाथा आरोहण गरेकी हुन्। यसका अलवा उनले विश्वका दर्जनौँ हिमशिखरमा पाइला राखिसकेकी छिन्।

सगरमाथा ४ पटक, मनास्लु २ पटकसहित अन्नपूर्ण, धौलागिरी, कञ्चनजंगा लोत्से, मकालु, के–टूलगायतका हिमश्रृङ्खला उनले आरोहण गरिसकेकी छिन्। 

पाकिस्तानस्थित के–टू हिमाल विश्वकै दोस्रो अग्लो हो। उनले पहिलोपटक गोरदास्थित मनास्लुबाट हिमाल यात्रा सुरु गरेकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad