ad ad

कारोबार


अक्सिजनबिनै सगरमाथा आरोहणमा गएका केन्याका ४० वर्षीय नागरिकको मृत्यु

अक्सिजनबिनै सगरमाथा आरोहणमा गएका केन्याका ४० वर्षीय नागरिकको मृत्यु

नेपालखबर
जेठ १०, २०८१ बिहिबार १५:३२, काठमाडौँ

सगरमाथा आरोहणका क्रममा केन्याका ४० वर्षीय नागरिकको मृत्यु भएको छ।

पर्यटन विभागका अनुसार  जेठ ९ गते राति साढे १० बजे ८ हजार ८३० मिटरमा केन्याका जोसु चेरुइयुत किरुई मृत फेला परेका हुन्।

उनीसँगै रहेका नेपाली माउन्टेन गाइड लिखु पिके गाउँपालिकाका ४४ वर्षीय ङवाङ शेर्पा सम्पर्कविहीन छन्। 

उनले ५ गते आधारशिविरबाट आरोहण सुरु गरेका थिए। जेठ ९ गते चौथो शिविर हुँदै सगरमाथा चुचुरोतर्फ लागेका थिए। 

आरोही र गाइड चुचुरो नजिकै पुगे पनि आरोहण सम्पन्न गरे/नगरेको एकीन नभएको विभागले जनाएको छ।

बुधबार दिउँसो २ बजेसम्म पनि रेडियो सम्पर्कमा नआएकाले सेभेन समिटले ४ माउन्टेन गाइड परिचालन गरी क्याम्प २ भन्दा माथि सर्च एन्ड रेस्क्यु टिम परिचालन गरेको थियो। 

शेर्पाको अवस्था भने अज्ञात रहेको र खोज तथा उद्धार जारी रहेको विभागले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .