ad ad

कारोबार


ठमेलमा शनिबार खाना तथा हस्तकला मेला हुने

ठमेलमा शनिबार खाना तथा हस्तकला मेला हुने

फाइल तस्बिर


नेपालखबर
जेठ ४, २०८१ शुक्रबार ९:१४, काठमाडौँ

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा खाना तथा हस्तकला मेला हुने भएको छ।
 

ठमेल पर्यटन विकास परिषद्को आयोजनामा काठमाडौँ महानगरपालिका–२६ स्थित सञ्चयकोष भवनअगाडि त्रिदेवी मार्गमा भोलि (शनिबार) खाना तथा हस्तकला मेला आयोजना हुन लागेको हो।
  
परिषद्का महासचिव राजीव पाण्डेले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि एकदिने सडक खाना तथा हस्तकला मेला आयोजना गर्न लागिएको जानकारी दिए। 

मेला बिहान १० बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ। मेलामा हस्तकलाका सामग्री, तयारी पोशाक सिल्क, पश्मिन, गरगहनालगायत उत्पादनका ३० प्रदर्शनीकक्ष रहने छन् । मेलामा सांस्कृतिक कार्यक्रम पनि  हुनेछ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .