नेपालका लागि चिनियाँ राजदूत चेन सोङले सुनकोसी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ छिचोलिएको (ब्रेक थ्रु गरिएको) समयलाई ‘अद्भूत क्षण’ (अमेजिङ मोमेन्ट) भनेका छन्।
टीबीएम मेसिनबाट २०७९ असोज अन्तिममा खन्न सुरु गरिएको सुरुङ १८ महिनामै आज छिचोलिएको हो।
सिन्धुलीको सुनकोसी गाउँपालिका–७ कानढुङ्ग्रीनजिकै बुधबार आयोजित विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्विच थिचेर सुरुङ छिचोलिएको घोषणा गरेका हुन्।
कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड, ऊर्जामन्त्री शक्ति बस्नेत, दुवै जिल्लाका जनप्रतिनिधि, उच्च सरकारी अधिकारीका साथै चिनियाँ राजदूत सोङसहित यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो।
यसै क्रममा चिनियाँ राजदूत सोङले सुरुङ ब्रेक थ्रु गर्दै गरेको भिडिओ सामाजिक सञ्जालमा सेयर गर्दै भनेका छन्, ‘अमेजिङ मोमेन्ट! ब्रेक थ्रु अफ सुनकोसी-मरिन डाइभर्सन मल्टिपर्पाेज प्रोजेक्ट्स टनेल बाई टीबीएम’ (अद्भूत क्षण! टीबीएमद्वारा सुनकोसी-मरिन डाइभर्सन बुहद्देश्यीय आयोजनाको सुरुङ ब्रेक थ्रु!)
हेर्नुहोस् ब्रेक थ्रुको भिडिओ क्लिप्स-
Breakthrough of Sunkoshi Marin Diversion Multipurpose Project's Tunnel by TBM! pic.twitter.com/EOFmfTt60Z— Ambassador Chen Song (@PRCAmbNepal) May 8, 2024Amazing moment!
Shares

प्रतिक्रिया