कारोबार


नेपाल लाइफको निःशुल्क स्वास्थ शिविरमा पाँचसय भन्दाबढी लाभन्वित

नेपाल लाइफको निःशुल्क स्वास्थ शिविरमा पाँचसय भन्दाबढी लाभन्वित

नेपालखबर
बैशाख २५, २०८१ मंगलबार १५:५४, काठमाडौँ

जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २३ औँ वार्षिक उत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

यही वैशाख २१ र २२ गते कम्पनीको केन्द्रीय कार्यालय क्लासिक कम्प्लेक्समा उक्त निःशुल्क शिविर सञ्चालन गरिएको हो। उक्त शिविरबाट करिब ५०० जना भन्दा बढी लाभन्वित भएका कम्पनीले जनाएको छ।

शिविरमा इसीजी, ईको, लिपिड प्रोफाइल लगायतका विशिष्टीकृत जाँचहरु गरिएको थियो गर्नुका साथै निःशुल्क औषधि पनि वितरण गरिएको थियो। कार्यक्रममा कर्मचारी, अभिकर्ता, ग्राहक तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले मानवको सबैभन्दा महत्त्वपूर्ण पक्ष स्वास्थ्य रहेको र समयसमयमा स्वास्थ्य परीक्षण गराउनु नितान्त आवश्यक रहेको हुनाले शिविर सञ्चालन गरिएको बताए।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत हाल काठमाडौँमा शिविर सञ्चालन गरिएको र अब आगामी दिनमा नेपालको दूरदराजमा स्वास्थ्य सेवाबाट वञ्चित सीमान्तकृत तथा आर्थिक रुपले विपन्न वर्गको स्वास्थ्य परीक्षण गर्ने खालको कार्यक्रम सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे।

यस किसिमको कार्यक्रमले कम्पनी र कम्पनीका विभिन्न सरोकारवालाहरूको सम्बन्ध प्रगाढ हुने र स्वास्थ्यप्रति संवेदनशीलता एवं नियमित स्वास्थ्य परीक्षणको आवश्यकताबारे बोध हुने बताए।

इन्स्योरेन्सले बुआ केयरको प्राविधिक सहयोगमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो।

स्वास्थ्य शिविरमा ५०३ जना व्यक्तिहरूले सहभागिता जनाएका थिए , जसमध्ये ४९० जनाले रक्तचाप परीक्षण , ३९३ जनाले लिपिड प्रोफाइल, ३३३ जनाले ईसीजी परीक्षण र ४५० जनाले डाक्टरसँग परामर्श लिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .